कम्युनिस्ट आन्दोलनमा नयाँ प्रयोग

विश्वको कम्युनिस्ट आन्दोलनले अनेक उतार चढाव बेहोर्दै आएको छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ गति दिन धेरै राजनेताहरूले योगदान गरेका छन् । कार्ल माक्र्सले हालेको जगमा इट्टा थप्दै कम्युनिस्ट आन्दोलनलाई विकसित बनाउने राजनेताहरूको पंक्ति लामो छ । त्यही पंक्तिमा स्वार्ण अक्षरले लेखिएको एउटा नाम हो ह्योगो चाभेज । ह्युचगोे चाभेजको जन्म २८ जुलाई १९५४ मा भेनेजुयलाको ग्रामिण भेगमा पर्ने सवानेटा भन्ने शहरमा भएको थियो । उनी ह्युच गो डेर्लस रेज चाभेज र एलेना फियर्स डे चाभेजका दोस्रा सन्तान थिए । उनको जन्मस्थान सवानेटा भेनेजुयलाको एन्डीएन मैदानमा रहेको छ । उनका बुबाआमा दुवैजना स्थानीय विद्यालयका शिक्षक थिए । ह्युचगो चाभेजको परिवार मिश्रित थियो । वंशजका हिसाबले अफ्रो भेनेजुएलेन, स्पेनिस र केही मात्रमा अमेरीकी इन्डियनको मिश्रण थियो ।

ह््युगो चाभेज गरिब परिवारमा जन्मेका थिए । उनको बालककाल अत्यन्तै दुःखदायी अवस्थामा बितेको थियो । तर पनि उनी पढाईमा अब्वल थिए । उनको राम्रो पढाइ देखेर गुआमा अभिवावकहरू अत्यन्तै खुशी थिए । उनी सानै उमेर देखि कसरी गरिबीको अन्त्य गर्न सकिन्छ भन्ने कुरामा पनि चिन्तित हुन्थे । चाभेजले ५ जुलाई १९७५ मा सेकेण्ड लेफ्टिनेन्टको डिग्री हासिल गरे । सैनिक कला र विज्ञानमा स्नातक उपाधि प्राप्त गरिसकेपछि उनलाई तत्कालीन राष्ट्रपति कार्लोक्स एन्डेज पेरेजले तरबार उपहार दिए । त्यस पछि उनको सैन्य जीवन सुरु भयो ।

‘जनताबाट सिक र जनतालाई नै सिकाऊˈभन्ने महान् कम्युनिस्ट नेता माओ र क्युवाका नेता फिडेल क्यास्ट्रोको आदर्शलाई आत्मसाथ गरेका चाभेजले विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ र नियान्त नौलो प्रयोग पनि सफल हुन्छ भन्ने देखाईदिए । वास्तवमा उनी विश्वका महान् राजनेता हुन् 

उनले आफ्नो सैन्य जीवनमा अत्यन्तै छिटो प्रगति मात्र गरेनन्, उनी धेरैपटक विभूषित पनि भए । उनले स्टारअफ काराबोकामा ल्यान्ड फोर्सेज क्रसजस्ता उपाधि प्राप्त गरे । उनले अर्डर अफ फ्रान्सिसको डे, मिरान्दा, द अर्डर अफ राफेल उडानेटा, मिलिटरी अर्डर लिबेर टाडोरर जस्ता सम्मान प्राप्त गरे । उनले सैनिक जीवनबाट १९९० देखि सक्रिय राजनिति जीवन सुरु गरे । उनले सन् १९९२ को फेब्रुअरीमा तत्कालीन रास्ट्रपति कार्लोस एन्ड्रयुको सरकारलाई ˈकुˈको प्रयास गरे ।

यस आन्दोलनको नेतृत्व गरेपछि उनी एकाएक चर्चामा आए । आर्थिक रूपमा राज्य अत्यन्त नाजुक अवस्थामा पुगेको र त्यही मुद्दा उठाएर उनले सुरु गरेको ˈकुˈ भने त्यतिवेला सफल हुन सकेन । तर सन् १९९८ को रास्ट्रपतिय निर्वाचनमा चाभेज जनताको ठूलो मत (५६.२) प्राप्त गरेर विजयी भए । त्यस निर्वाचनमा चाभेजको भ्रष्टाचार विराधी र गरिबी विरोधी अभियानले भनेजुयालाको राजनीतिमा सन् १९५८ देखि वर्चश्व रहेको अवस्थाको अन्त पनि गरिदियो ।

ह्युचगो चाभेज भेनेजुयालाको राष्ट्रपति बनेपछि भेनेजुएला समाजवादी मर्गतिर उन्मुख हुन पुग्यो । विश्वबाट समाजवाद परास्त हुँदै गएको वेलामा भेनेजुयलामा समाजवादको अंकुर मौलाउँदै गइरहेको थियो । यसबाट विश्वभरका समाजवादीहरू अत्यन्तै हर्षित भएका थिए भने समाजवाद विरोधिको लागि चाभेज आँखाको कसिंगर बन्न पुगे । अमेरिका लगायतको देशहरूले हस्तक्षेप गरे पनि करोडौँ भनेजुयाली जनताको साथ पाएका ह्युचगो चाभेज समाजवादी मार्गबाट पछि हटेनन् । झन् एकपछि अर्को जनतासँग सम्बन्धित कार्य गर्दै अघि बढे । चाभेज जनताको प्यारो नेता बन्न पुगे ।

ह्युचगो चाभेज भेनेजुयलाको राष्ट्रपति भएपछि चौतर्फी विकाशको काम सुरू गरे । उनी तेलमा विश्वभरि पहुँच पु¥याउदै अरबौँ डलर आम्दानी गरेर गरिब जनतालाई सम्पन्न बनाउन सफल भए । जमिन्दारका जमिन खोसेर गरिब किसानलाई बाँडेर कृषि उत्पादनमा वैज्ञानिक प्राविधि अपनाए, यसले भेनेजुयलामा कृषि उत्पादन ह्वात्तै बढ्यो र किसान सम्पन्न हुन पुगे ।

जनतालाई स्वास्थ्यमा पहुच बनाउन देशैभरी निःशुल्क स्वास्थ्य चौकी खोलेर सम्पूर्ण जनतालाई रोगबाट मुक्त बनाए । शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित हुन नपरोस् भनेर उनले देशैभरि निःशुल्क अध्ययनको व्यवस्था मिलाए । जनता सबै साक्षर हुन पुगे । कलकारखानालाई राष्ट्रिय करण गरेर गरिब जनतालाई रोजगारी दिए, कोही बेरोजगार बस्नुपरेन । त्यसैले त भेनेजुएली जनता भन्दछन् “चाभेज हाम्रा देउता हुन्” ।

ˈजनताबाट सिक र जनतालाई नै सिकाऊˈभन्ने महान् कम्युनिस्ट नेता माओ र क्युवाका नेता फिडेल क्यास्ट्रोको आदर्शलाई आत्मसाथ गरेका चाभेजले विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ र नितान्त नौलो प्रयोग पनि सफल हुन्छ भन्ने देखाईदिए । वास्तवमा उनी विश्वका महान् राजनेता हुन् । क्युवाका सर्वोच्च नेता फिडेल क्यास्ट्रोले कालले पनि किन राम्रा मान्छेहरूलाई पनि हामीबाट चुँडेर लैजान्छ ? भने झै आज चाभेज हामी माझ छैनन्, तर पनि उनको विचार र जनता समर्पित साम्यवादी नीति हाम्रो माझ कहिल्यै मर्ने छैन ।

प्रतिक्रिया