जेसिबी दुर्घटना हुँदा एकको मृत्यु

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राती जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा बिगु गाउँपालिका–४ खोपचाँकुका राजु थामीको उपचारको क्रममा मृत्यु भएको छ भने भीमेश्वर नगरपालिका–२ का सुमन थामी, बिगु गाउँपालिका–७ का विजय श्रेष्ठ र कालिञ्चोक गाउँपालिका–४ चिउरीखर्कका राजकुमार थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरीक्षक यज्ञानन्द साहले जानकारी दिए ।

घाइतेहरू सुमन थामी र राजकुमार थामिको टिचिङ हस्पिटल काठमाडौंमा र अर्का घाइते विजय श्रेष्ठको ग्रान्डी हस्पिटलमा उपचार भइरहेको शाहले बताए । मृत्युु भएका राजु थामीको शव प्राथमिक स्वास्थ केन्द्र चरिकोटमा राखिएको प्रहरीले जनाएको छ । नगरपालिकाको गौतम टोलबाट भीमेश्वर मन्दिर जाँदै गरेको जेसिबी अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रतिक्रिया