कुमारी बैंकको मेलम्ची शाखा उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक स्थित आफ्नो मेलम्ची शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारीको उपस्थितिमा बैंकका संचालक श्री कृष्ण प्रसाद ज्ञवालीज्यू तथा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालद्वारा उक्त शाखा संयुक्त रुपमा उद्घाटन भएको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पु¥याउने योजना बनाएको छ ।

प्रतिक्रिया