तीन अर्बको ऋणपत्र जारी गर्दै एनसीसी बैंक

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) जारी गर्ने भएको छ । १० वर्षे अवधि रहेको ‘१० दशमलव ५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ नामको उक्त ऋणपत्रमा १० दशमलव ५० प्रतिशत व्याज पाइने छ । बैंकले कूल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणतर्फबाट निष्काशन गरिने बैंकले जनाएको छ ।

उक्त ऋणपत्र निष्काशन गर्न बैंकले १० वर्षको लागि बिक्री प्रबन्धकमा नक्सालको नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई नियुक्त गरेको छ । सो सम्बन्धि दुई संस्थाबीच द्धिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनसीसी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशराज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिंङको तर्फबाट सीईओ सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

प्रतिक्रिया