सपनाहरूको चाङ र एकलजातीय प्रभुत्व

प्रायः सबै दलका नेताहरूले अनेकखालका सपना देख्ने÷देखाउने गरेका छन् । नेपाली जनता पनि सपनाहरूको जंगलमा मस्तसँग हराइरहेका छन् । उनीहरू सपनाको संसारमा बहलिन पाउँदा दंगदास छन् । उल्टै कतिपय त भन्छन्, बल्लतल्ल सपना देख्ने एकजना नेता आएका छन्, सपना नै सही, उनको सपनामा मस्तसँग नरमाएर विरोध गर्ने ? भनेझैँ गर्छन् ।

आजभन्दा २०-३० वर्षअघि आर्थिक हैसियत विकासका हिसावले नेपालभन्दा पछि वा नेपाल सरहका देशहरू आज अएर किन र कसरी विकसित देशको लहरमा पुगे÷पुग्न लागे ? र, हाम्रो देश नेपालचाहिँ किन झन् झन् तल पर्दै विश्वकै गरिबी र अभावमा गुज्रिएर रहेको देशहरूको लहरमा दोस्रो वा तेस्रो लहरमा उभिन पुग्यो÷उभिएको छ ? जबकि, साधन स्रोतमा खासगरी जल, जमिन, जंगललगायत अन्य प्राकृतिक स्रोत साधनमा हाम्रो देश नेपाल ती देशहरू भन्दा कता हो कता धनी थियो÷छ । तापनि, नेपाल अगाडि होइन झन् पछाडि झन् पछाडि धकेलियो । आखिर किन यस्तो भयो ?

यो विषयमा बहस÷छलफल गर्ने हो भने वा देश कसले गर्दा बिग्रियो वा देश कसले बिगा¥यो ? वा देश किन अपेक्षित रूपमा विकसित हुन सकेन ? भन्ने बारेमा प्रश्न ग¥यो भने स–सानो चिया पसलदेखि भट्टी पसलमा एक कप चिया÷रक्सी पिएर दिनभरि बकम्फुसे गफ गर्ने गफाडीसम्म र सडक–गल्लीमा हिंड्ने बटुवादेखि लिएर दरबार–महलमा ऐयसी जीवन जिउनेहरूसम्मले सहज रूपमा दिने एउटै उत्तर हुने गरेको छ– ‘नेताले गर्दा देश बिगा¥यो ।’ कुनै पनि राजनैतिक दलमा नेता गतिलो भएनन् । नेता धेरै भए तर राजनेता कोही भएनन् भनी छलफल÷बहसको निचोड अन्तिम रूपमा आउने गरेको छ । यसरी जुन सुकै जातजाति, समुदाय वर्ग, लिंग, क्षेत्रका मान्छे (देश बिग्रेको वा अपेक्षित रूपमा देशमा विकास नभएको भन्ने) हरूमध्ये लगभग ९९ प्रतिशतले राजनैतिक दलका नेताहरूलाई नै दोषी देख्छन् । आखिर किन त ?

हुन पनि हो, ०४६ को परिवर्तन अघि राजा र दरबारको नाममा पञ्च नेताहरूले र, ०४६ को परिवर्तनपछि विभिन्न राजनैतिक दलले बहुदलको नाममा नेपाललाई झन् पछि झन् पछि धकेलेकै हो । ३० वर्षसम्म पञ्चहरूले दलविहीन पञ्चायती प्रजातन्त्र ! को नाममा शासन गरे । हुन त पञ्चहरूले पनि देश विकासको आकर्षक नारा नदिएको कहाँ हो र ! जस्तो कि सपनै किन नहोस्, उनीहरूले नेपाललाई सन् २००० भित्र एसियाली मापदण्डमा पु¥याउने ! सपना देखेका थिए । त्यो भनेको के हो ? यो पंक्तिकारलाई खासै थाहा थिएन ।

तापनि यो पंक्तिकारले सानो छँदा हरेक दिनजसो रेडियो नेपालले बिहानै, दिउँसै, साँझै र, रातै गरेर २४ घण्टामा लगभग एक दर्जनपटक फुक्ने ! समाचारमा नेपाललाई एसियाली मापदण्डमा पु¥याउने समाचार धेरैपटक सुनेको धमिलो संझना अझै छ । यता २०४६ सालको परिवर्तनअघि पञ्चद्वारा अत (अराष्ट्रिय तत्व) घोषित राजनैतिक दलहरूले जब सरकार सम्हाल्ने अवसर पाए, खासगरी नेपाली कांग्रेस र नेकपा एमालेले ती दलका सरकारका सरकार प्रमुख अर्थात् प्रधानमन्त्री, उपप्रधानमन्त्री र वरिष्ठ मन्त्रीहरूले पनि पञ्चहरूले झैं सिन्को नभाँचे पनि (अपवादबाहेक) अनेक सपना देखाए । आश्वासन बाँडे । कसैले मेलम्चीको पानी काठमाडांै ल्याएर सडक धुने सपना देखाए । नेपाललाई सिंगापुर बनाउने सपना देखाए ।

कसैले नेपालको बिजुली स्याटेलाइटबाट चीनतिर लगेर बेच्ने सपना देखाए । कसैले हावाबाट बिजुली निकाल्ने, घर–घरमा ग्यासको पाइप जोडीदिने लगायतका सपना देखाए÷देखाइरहेका छन् । यसरी हाम्रो देश नेपालमा प्रायः सबै दलका नेताहरूले अनेकखालका सपना देख्ने÷देखाउने गरेका छन् । नेपाली जनता पनि सपनाहरूको जंगलमा मस्तसँग हराइरहेका छन् । उनीहरू सपनाको सन्सारमा बहलिन पाउँदा दंगदास छन् । उल्टै कतिपय त भन्छन्, बल्लतल्ल सपना देख्ने एकजना नेता आएका छन्, सपना नै सही, उनको सपनामा मस्तसँग नरमाएर विरोध गर्ने ! भनेझैं गर्छन् ।

हुन त आजसम्म मुखै खोलेर हाम्रो देश नेपालमा किन यस्तो भइरहेको छ ? कसैले नभने तापनि यो बबुरो पंक्तिकारको विचारमा देशको वास्तविकता अनुरूप राजनैतिक दल, सरकार, न्यायीक क्षेत्र, कर्मचारीतन्त्र, संवैधानिक निकाय आदिमा संरचनागत विकास नहुन नै देश झन् झन् अधोगतिमा जानुको कारण हो भन्ने ठहर छ । अर्थात् हाम्रो देश नेपालको बनोट सुरुदेखि (पृथ्वीनारायण शाहले सुरु गरेको नेपालको भगौलिक एकीकरणदेखि) नै विविधताले भरिपूर्ण थियो÷हो । अर्थात् नेपाल ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भगौलिक विविधता रहेको देश हो । तर देशको यो वास्तविक यथार्थलाई १०४ वर्षे जहाँनिया राणा शासनकालमा प्रतिविम्बित भएन नै, ३० वर्षे निरंकश पञ्चायतीकालमा पनि प्रतिविम्बित भएन ।

२०४६ को परिपर्तनपछि आएको क्रान्तिकारी भनिएका प्रजातान्त्रिक÷कम्युनिस्ट (खासगरी नेपाली कांग्रेस नेकपा एमाले भनिएकाहरूबाट नै भयो । कसैसँग अनुराग र द्वेष नराखी भन्नुपर्दा उनीहरूले भ्रष्टचार, घुसखोरी, पार्टीवाद, नातावाद, कृपावाद, चाकरीवाद, भनसुनवादलाई संस्थागत गरे । जसरी पनि सत्ता टिकाउने, आफूबाहेक अरूलाई सत्ता नसुम्पिने हेतुले संसदमा आफ्नै दलको बहुमत हुँदाहुँदै संसद विघटन गर्ने, ३० वर्षसम्म शासनसत्तामा हालीमुहाली गरेर आफैँलाई अत (अराष्ट्रिय तत्व) घोषित गर्ने पञ्चहरूलाई पालैपालो सरकार प्रमुखको कुर्सी जिम्मा लगाउने, सत्तामा टिकिरहन खसीबोकालाई झैँ सांसदलाई खरिद–बिक्री गर्ने, पुरुष सांसदले महिलाले सुत्केरी हुम्दा खाने औषधि खाने, उपचारको बहानामा थाइल्यान्डको राजधानी बैंकक सयर गर्ने, पाँच÷चारतारे होटलमा बन्धक भएर बस्ने, ट्राफिक जाममा पर्ने, गाँठो देखिने पेन्ट र चप्पल लगाएर संसद भवन छिरेका सांसदलाई हैसियतले नै नभ्याउने गरी प्राडो, पजेरोलगायत महँगा गाडी भन्सार मिनाहामा मगाउन पाउने, सत्ता टिकाउनका लागि विदेशीको गुलामी गर्नेलगायतका खेलमा सामेल भए । सत्ता स्वार्थकै कारणले गर्दा दलहरू खासगरी नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीमा विभाजनसमेत आयो ।

०६२÷६३ को परिवर्तनपछि भने विगत लामो समयदेखि एकल जातीय ढंगले हरेक क्षेत्रमा राईंदाईं गर्दे आएका शासक जातका मान्छेहरू जो देशको सम्पूर्ण जनसंख्यामा लगभग १२ प्रतिशत (२०५८ को राष्ट्रिय जनगणनाअनुसार १२.७ प्रतिशत र २०६८ को राष्ट्रिय जनगणना अनुसार १२. २ प्रतिशत) रहेका बाहुनहरूले अब यो देशको शासक त क्षेत्री हुन्, कहाँ बाहुन हुन् ? भनेर सुख पाउनेवाला छैनन् । हुन त को शासक ? बाहुन कसरी शासक ? भन्ने सवालमा कतिपय उदार भनिएका बाहुन कामरेडहरू नै नेपालको भगौलिक एकीकरणपछि दरबारभित्रको तानातानमा हालको प्रधानमन्त्रीसरहको पद ‘चौतरिया’ पद पाएका रंगनाथ पौडेल, २००७ ÷०१७ को बीचमा मातृकाप्रसाद कोइराला, बिपी कोइराला र टंकप्रसाद आचार्य (जसलाई विक्रम संवत् १९९७–२००७ को राणा शासनविरुद्ध लागेको भनी राणाहरूले जात खोसेर तल्लो जातमा खसालेका थिए) बाहेक नेपालमा कुन बाहुन प्रधानमन्त्री भयो ? भनी पाखुरी सुर्कन्छन् ।

३० वर्षे निरंकुश पञ्चायतीकालमा प्रधानमन्त्री भएका जो सुकै पनि राजाको प्रत्यक्ष शासनकाल भएकोले उनी शासकमा नदरिने बताउँछन् । उता क्षेत्रीहरू पनि हामी कहाँ शासक हौँ र ? हाम्रो काँधमा बन्दुक राखेर पड्काउने त बाहुन नै हुन् नि ! भन्छन् । कतिपय क्षेत्रीका अगुवाहरू अनौपचारिक रूपमा भन्छन्– ‘हाम्रो धार्मिक अधिकार पनि बाहुनले खोसेका छन् । धार्मिक, सांस्कृतिक, कर्मकाण्डलगायतका कार्यसमेत हामी आफै गर्न पाउँदैनौँ । बाहुन आफैअघि सर्नु पर्ने नियम बसाले ।’

तर विगतमा जे भए तापनि अब नेपालका आदिवासी जनजाति, महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएकाहरू जस्तै होचा, पुड्का, बौद्धिक अपांगता भएका, अटिज्म भएका, अन्धा, लाटो, बुंगो , कानो, बहिरो, लंगडो, तेस्रो लिंगी, आदिलाई राज्यको पहँुचभन्दा टाढा राख्यौँ÷राख्ने प्रयास ग¥यौँ । अब त्यस्तो गर्नु हुँदैन भनी लामो समयसम्म राज्यको हरेक अंगमा एक्लौटी रजगज गरेका एलाइटहरूले खासगरी बाहुन, क्षेत्री, ठकुरी र सन्यासी (बाक्षेठस) का अगुवाहरूले आफैँप्रति निर्मम भएर स्वीकार गर्नै पर्छ । साथै माथि उल्लेखित जातजाति, भाषाभाषी, वर्ग, समुदाय, समूह, क्षेत्रलाई राज्यका हरेक अंगमा कसरी सहभागिता गराउन सकिन्छ भन्नेमा राजनीतिक दलको नेतृत्व तहमा रहेका नेताहरूले वेला छँदै गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया