वातावरण प्रदूषणबाट जनताको स्वास्थ्य जोखिममा

मानव जाति, जीवजन्तु, वनस्पति र वातावरण एक–अर्काका पर्यायवाची शब्द हुन् । एकको अभावमा अर्कोको अस्तित्व रहने कुरा असम्भव छ । पृथ्वीमा मानव जातिलाई विवेकशील प्राणीको रूपमा चित्रित गरिन्छ । ऊ सँग बुद्धि–विवेक र कार्य क्षमताको अभाव निश्चय नै छैन । त्यसैले पनि पृथ्वीमा भएका जीवजन्तु, वनस्पति एवं वातावरणलाई स्वच्छ, प्रदूषणमुक्त बनाई जीवजन्तु र वनस्पतिको अस्तित्व जोगाई सुन्दर संसार बनाउने दायित्व मानव जातिकै हो ।

विश्वमा जे–जति वातावरण प्रदूषित बनिरहेको छ, त्यो मानव जातिकै गलत काम–व्यवहारबाट भएको छ । वातावरण प्रदूषित हुनुमा वायु प्रदूषण, भूमि प्रदूषण, विकिरण प्रदूषण, औद्योगिक प्रदूषण, जल प्रदूषणसाथै दृश्य प्रदूषणले साथ दिइरहेको पाइन्छ । दृश्य प्रदूषण एकप्रकारको पीडा हो । जथाभावीरूपमा टाँगिएका ठूलठूला होर्डिङ बोर्ड, भित्ते लेखन, पर्चा, पम्लेट, सडकमा जथाभावीरूपमा लत्रिएका टेलिफोन–बिजुलीका तार, पुराना–थोत्रा सवारीसाधन र मानिसको अनावश्यक भीड, हाम्रा आँखाले देख्न रुचाउँदैनन् । जसलाई दृश्य प्रदूषण भनिन्छ ।

कचौरा आकारको काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रणमा आउन नसकिरहेका वेला मुलुकका अन्य क्षेत्रको अवस्था झन् भयावह बन्दै गएको देखिन्छ । वातावरण विभागका सिनियर डिभिजनल रसायन विज्ञ शंकरप्रसाद पौडेलले भने– ‘हावामा सडकको धुलोको कणमात्र नभई ती भन्दा झनै मसिना कण हुन्छन् ।’

वातावरणको परिभाषा ः वातावरण संरक्षण ऐन, २०५३ को दफा २ (क) मा वातावरण भन्नाले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलाप र यिनका अवयवहरू तथा ती अवयवहरू बीचको अन्तर सम्बन्धलाई सम्झनु पर्दछ भनी वातावरणको परिभाषा गरिएको छ । यसर्थ, हावा, पानी, जमिन, मानव जाति एवं अन्य जीवजन्तु, बोटबिरुवा, सूर्यको किरण तथा विभिन्न आंगिक वस्तुहरू बीचको अन्तर सम्बन्धलाई नै वातावरण भनिन्छ ।

प्रदूषण के हो ? ः प्रदूषण भन्ने शब्द ल्याटिन शब्द ‘प्रदूषणनेम’ बाट झिकिएको हो, जसको अर्थ अशुद्ध हो । तसर्थ वातावरणको अशुद्धतालाई नै वातावरणीय प्रदूषण भनिन्छ । वातावरण संरक्षण ऐन, २०५३ मा प्रदूषण भन्नाले वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्षरूपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय ह्रास ल्याउने, क्षति पु¥याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानी पु¥याउने क्रियाकलाप सम्झनुपर्दछ भनी प्रदूषणको परिभाषित गरिएको पाइन्छ ।

फोहोरमैला (प्रबन्ध तथा परिचालन) ऐन, २०४४ मा फोहोरमैलाबाट निष्कासित ठोस्, तरल वा ग्याँस वस्तुको संयोजनबाट वातावरणमा रहेको भौतिक, रासायनिक, जैविक तथा विकिरण तत्व, जसले मानव जाति एवं जीवजन्तुलाई अवाञ्छितरूपमा परिवर्तन गर्ने अवस्थालाई नै प्रदूषण सम्झनुपर्दछ भनिएको छ । महानगरपालिकाले आफ्नो मातहतको महानगरभित्र फोहोरमैला, फोहोरजन्य वस्तुको नियमन–व्यवस्थापन र नियन्त्रण गर्ने कानुनी अधिकार पाएको हुँदाहुँदै पनि महानगरपालिकाले त्यसतर्फ कुनै सक्रियता नदेखाइदिएका कारणबाट आज सहर दिनानुदिन दुर्गन्धित–कुरूप बनी आफ्नो पहिचान गुमाउँदै गएको छ ।

वायु प्रदूषण झन् भयावह ः कचौरा आकारको काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रणमा आउन नसकिरहेका वेला मुलुकका अन्य क्षेत्रको अवस्था झन् भयावह बन्दै गएको देखिन्छ । वातावरण विभागका सिनियर डिभिजनल रसायन विज्ञ शंकरप्रसाद पौडेलले भने– ‘हावामा सडकको धुलोको कणमात्र नभई तीभन्दा झनै मसिना कण हुन्छन् ।’ उत्सर्जित नाइट्रोजन अक्साइड, कार्बन मनोअक्साइड, सल्फरडाई अक्साइड, नाइट्रोजन सल्फेट, एमोनिया, धातुका टुक्रा, कार्बन तथा धातु हावामा धुलो–धुवाँको कणमा मिसिँदा वायुमण्डल नै प्रदूषित हुन्छ ।

सुख्खा र वर्षायामको तुलनामा हिउँदमा बढी प्रदूषण हुन्छ । हिउँदमा घाम कम लाग्ने, तापक्रम न्यून हुने र तुवाँलो लाग्ने भएकाले प्रदूषित हावा सतहमै रहन्छ, फलतः प्रदूषणको मात्रा झन् बढ्ने गर्छ । हिउँदमा वायुमण्डलमा ‘ब्राउन क्लाउड’ भनिने प्रदूषणको एउटा तह बनेर त्यसले सूर्यको किरण छेक्ने गर्छ । काठमाडौंमा धुलो मानव स्वास्थ्यका लागि हानिकारक रहेको तथ्य नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान (नाष्ट) को अध्ययनले देखाउँछ । नास्टले गत जेठमा २७ किलोमिटरको चक्रपथको ४० स्थानबाट धुलोको नमुना संकलन गरी परीक्षण गर्दा क्यान्सरसमेत निम्त्याउने धातु फेला परेको थियो ।

अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटको ‘ग्लोबल एयर’ अध्ययन प्रतिवेदनअनुसार घरबाहिर रहँदा सवारीसाधन र उद्योगबाट निस्कने दूषित हावा तथा घरभित्र भएका वेला खाना पकाउँदा र आगो ताप्दा उत्सर्जन हुने धुवाँका कारण आयु घटिरहेको हो । अबको खतराको रुपमा पीएम–२.५ लाई लिइएकामा त्यसले फोक्सो, मुटु रोग र क्यान्सर हुने सम्भावना बढ्ने उल्लेख भएको अध्ययनमा भनिएको छ– ‘दक्षिण एसियामा वायु प्रदूषण रोके मानिसको औषत आयु बढाउन, क्यान्सर निको पार्न सकिएजस्तै लाभ हुनेछ ।’

वायु प्रदूषणको सिकार बालबालिका, रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका युवा र रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आइसकेका वृद्धवृद्धा हुने गर्दछन् । त्रिवि शिक्षण अस्पतालका सह–प्राध्यापक, छाती रोग विशेषज्ञ डा. नीरज बमको भनाइमा पिएम–२.५ मा क्यान्सरजन्य रसायनसमेत मिसिएका हुन्छन्, ती कण श्वास–प्रश्वास नलीको भित्तामा जम्मा हुन्छन् । भन्छन्– ‘फलतः दीर्घकालीन दम, ब्रोडकियल आज्मा, ब्रोङकाइटिस्टजस्ता रोग लाग्नुका साथै मुटु रोग बढ्ने, क्यान्सरको खतरासमेत रहन्छ ।’ स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को अध्ययनअनुसार धुवाँ–धुलोले मुटुको समस्या, खोकी, रुघा तथा घाँटीको खस–खस, दमजस्ता समस्या बढी गराउँछ ।

नेपालमा औषतमा १ लाखमध्ये ३५ हजारको मृत्युका कारण वायु प्रदूषण रहेको तथ्यांक डब्लुएचओको छ । वातावरणीय स्वास्थ्य विज्ञ यादवप्रसाद जोशी भन्छन्– ‘धुलोको कण धुवाँको तुलनामा ठूला हुन्छन् । धुँवाको प्रदूषणले गर्भवती र गर्भमा रहेका शिशुको वृद्धिमा समेत नकारात्मक असर पार्छ । त्यसबाहेक विद्युतीय प्रदूषण बाल्दा निस्कने धुवाँ र रशायनले स्वास्थ्यमा दीर्घकालीन र गम्भीर असर पार्ने गर्छ । प्रदूषित सहरमा बस्ने मान्छे धुम्रपान गर्नेजत्तिकै जोखिममा हुन्छन् । घरबाहिरभन्दा घरभित्रको प्रदूषित हावा झन् खतरनाक हुन्छ ।’

अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्छन्– ‘हरेक नेपालीलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक भएकाले कुनै बहानामा पछि हट्न मिल्दैन । प्रदूषण नियन्त्रण गर्ने दायित्व राज्यको हो ।’ उपत्यकाको वायुको गुणस्तर राष्ट्रिय मापदण्डभित्र ल्याउन प्रदूषण उत्सर्जन घटाउने, फुटपाथ र साइकल लेनलाई प्राथमिकता, हरियाली कायम र विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । नारेलको अध्ययनअनुसार धराशायी, यातायात र औद्योगिक क्रियाकलापबाट उत्सर्जित प्रदूषणलाई २०, ३० र ४० ले कमी गर्नुपर्दछ । सहरी यातायात व्यवस्थापनबारे जानकार वातावरणविद् भूषण तुलाधर भन्छन्– ‘मोटरसाइकल रहरले होइन, बाध्यताले चढिरहेका छन् ।

सार्वजनिक यातायात समयमै पुग्ने र सुरक्षित हुने हो भने यात्रु त्यतैतिर फर्कन्छन् । त्यसका लागि सवारी जामको समस्या पनि हटाउनुपर्छ । विद्युतीय गाडी धुवाँरहित हुने भएकाले वातावरणीय हिसाबमा फाइदा त छँदैछ, सहरलाई व्यवस्थित गर्न भूमिका खेल्छ ।’ सर्वोच्च अदालतबाट पटक–पटक सम्बन्धित निकायका नाममा परमादेश गर्दै जाने अनि आदेश तथा फैसला कार्यान्वयन गर्ने निकाय भने मुकदर्शक बनेर बसिदिने हो भने वातावरण प्रदूषणमुक्त हुने कुरा संविधान, ऐन–कानुन तथा अदालतको फैसलामा मात्र सीमित रहने पक्का छ ।

प्रतिक्रिया