डिएभी स्कूलवीरगंजको २६औं वार्षिकत्सव

काठमाडौं । डिएभी स्कूल बिरगंजको २६ औं वार्षिकत्सव सम्पन्न भएको छ । नेपालमा स्कूल स्थापना गर्ने संस्थापकको रुपमा चिनिने स्वर्गिय शंकरलाल केडियाको ८४औं जन्मजयन्तीको अवसर पारी एक सातादेखि स्कूलले विविध कार्यक्रम गरी यस वर्षको वार्षिक उत्सव मनाएको छ ।

६ डिसेम्बर राष्ट्रिय स्तरको बक्तृत्वकला प्रतियोगिता,७ डिसेम्बर विज्ञान प्रदर्शनी तथा मेला ८ डिसेम्बर खेल दिवस तथामंगलवार वार्षिकउत्सवको विशेष सास्कृतिक कार्यक्रम तथा प्रशंसा पत्र वितरण गरी कार्यक्रम समापन भएको थियो । विशेष कार्यक्रममा डिएभीका छात्रछात्राहरुले समाजिक कुरुति हटाउन विभिन्न सन्देशमुलक गीत संगीत प्रस्तुत गरेका थिए ।

वार्षिक उत्सवको अवसरमा विद्यालयको कामकाजमा योगदान पु¥याउने विद्यालयका प्रबन्धक दिलिप गुप्ता, शिक्षक सुधीर सिंह, दिपक क्षेत्री, चन्देश्वर साह, अन्जु बर्मा, मुन्ना साह, पलब ठाकुर, कर्मचारी विजय पटेलगायतलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया