गण्डकी विकास बैंकले थप्यो ३ शाखा

काठमाडौं । गण्डकी विकास बंैक लिमिटेडले आजदेखि थप ३ नँया शाखा सञ्चालनमा ल्याएको छ । बंैकले चन्दननाथ नगरपालिका ५ खलंगा स्थित जुम्ला शाखाको औपचारिक उद्घाटन गर्नुकासाथै पोखराको बाझापाटन र काठमाडौको मैतिदेवि शाखाबाट वित्तीय कारोवारको शुभारम्भ गरेको छ ।

यो सँगै देशका विभिन्न जिल्लामा गरि बैंकको ९१ वटा शाखाहरुबाट वित्तीय कारोबार उपलब्ध हुनेछ । जुम्ला शाखाको औपचारिक चन्दननाथ नगरपालिका ५ का वडा अध्यक्ष अर्जुनसिंह कठायत र बैंकका सञ्चालक नारायण बहादुर बानियाले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, जुम्ला उद्योग वाणिज्य संघका महासचिव अनिल रोकाय, समाजसेवी तथा पूर्व बैंकर खुमीलाल रोकाय, जिल्ला सहकारी संघका प्रतिनिधि हिक्मत बुढथापा, पत्रकार महासंघ जुम्लाका सदस्य तथा नेपाल टेलिभिजन जुम्लाका सम्वाददाता कर्ण भण्डारी, लगायत पत्रकार,समाजसेवी तथा स्थानिय वासिन्दाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

यो सँगै बंैकका ९१ वटै शाखाहरुबाट पूर्ण वैकीङ्ग सुविधा प्रदान भैरहेको छ । बंैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, कर्जा प्रवाह गर्नुका साथै बिभिन्न उपयोगी बंैकीङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

प्रतिक्रिया