छायाँ सेन्टरमा क्रिसमस मार्ट

काठमाडौं । क्रिसमस डे नजिकिदै गर्दा राजधानीको ठमेल स्थित छाँया सेन्टरमा क्रिसमस मार्ट २०१९ आयोजन हुने भएको छ । मंसिर २७ गते देखि तीन दिनसम्म संचालन हुने क्रिसमस मार्टमा लाइभ कन्सर्टका साथै विभिन्न आकर्षक कार्यक्रम राखिएकोे कार्यक्रम संयोजक मन्जु धमला थापाले जानकारी दिईन । क्रिसमस मार्ट विहान ८ बजेदेखि राति ११ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

नेपाल भ्रमण बर्ष २०२० को प्रबद्धनकालागि नेपालपर्यटनबोर्ड र नेपालएशोसिएसनअफ टुर एण्ड ट्राभल्र्स एजेन्टसको सहकार्यमा कार्ल डुईसवर्ग सोसाइटी नेपाल र इभेन्टशोलुसनको आयोजनमा मंसिर २७ देखि २९ गते सम्म क्रिसमस मार्ट २०१९ संचालन हुन लागेको आयोजक संस्थाका अध्यक्ष विजय सागर प्रधानले बताए ।

प्रतिक्रिया