फरार अभियुक्त जेलचलान

चौतारा । विदेशी विनिमय मुद्रामा अदालतबाट दोषी सावित भई फरार रहेका सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका– २, तातोपानी निवासी ३२ वर्षीय गोम्दे तामाङलाई जेल चलान गरिएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकले विसं २०७३ वैशाख २२ गते गरेको फैसलाले उनलाई एक महिना कैदसहित रु एक करोड ८६ लाख १४ हजार ९८९ जरिवाना तोकेको थियो ।

लामो समयसम्म फरार रहेका तामाङलाई लुकिछिपी बसेका अवस्थामा सोमबार प्रहरीले घरबाटै पक्राउ गरी अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । विदेशी विनिमय नियन्त्रण ऐनअन्तर्गत तोकिएको जरिवाना तिर्न नसकेपछि दोषी तामाङलाई थप पाँच वर्ष कैद सजाय तोकी आज कारागार चलान गरिएको अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले बताए ।

प्रतिक्रिया