सनिल शाहीले दिलाए ५० औँ स्वर्ण

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अन्तिम दिनको भिडन्तमा बक्सिङबाट नेपालले ५० औँ स्वर्ण पदक जित्न सफल भएको छ । नेपालका सनिल शाहीले बक्सिङको ६० केजी तौल समूहबाट स्वर्ण पदक जितेका हुन् । सातदोबाटोस्थित कराँते हलमा पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडी खेलाडी भिरेन्दर सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

नेपालले यससँगै जारी सागमा स्वर्णको संख्या ५० पु¥यायो । यसअघि नेपालले सोमबार जुडो, बक्सिङ र पौडीबाट स्वर्ण पदक थपेको थियो । सोमबारसम्म ४९ स्वर्ण पक्का गरेको नेपालले मंगलबार बक्सिङबाट एउटा स्वर्ण थपेको हो । नेपालले अहिलेसम्म ५१ स्वर्ण, ५५ रजत र ८८ कांस्य पदक जित्न सफल भएको छ ।

पहिलो स्थानमा रहेको भारतले १६४ स्वर्ण, ९२ रजत र ४४ कांस्य पदक जितेको छ । श्रीलंका ३९ स्वर्ण, ८१ रजत र १२२ कांस्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३७ रजत र ५५ कांस्यसहित चौथो, बंगलादेश १९ स्वर्ण, ३२ रजत र ८५ कांस्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कांस्य जित्दै छटौँ तथा भुटान पाँच रजत तथा १३ कांस्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।  नेपालले फुटबलबाट अर्को स्वर्ण थप्दा ५१ स्वर्ण पुगेको हो । नेपालले यो सागमा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया