‘नेपाल आइस मिस हुँदै

काठमाडौं । पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित ‘नेपाल आइस मिस पूर्वाञ्चलको २०१९’ दशौँ संस्करणको तयारी तीव्ररूपमा भइरहेको छ । आगामी ५ पुसमा धरानमा आयोजना हुने प्रतियोगितामा सहभागी प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी फेसबुकमा लाइक पाउनेले ‘फेस अफ डिभाइन’ टाइटलसहित नगद १५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

मिस पूर्वाञ्चलको दशौँ संस्करणमा ‘डिभाइन वाइन’ को उत्पादक ‘श्री महाकाली वाइन प्रालि’ सह–प्रायोजक रहेको छ । गत वर्षको उक्त टाइटल, सबैभन्दा बढी लाइक पाएकी प्रतियोगी आकृति आचार्यले जितेकी थिइन् ।

यस वर्ष मिस पूर्वाञ्चलको दशौँ संस्करणमा धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुस्मिता बराइली, निभेदिता राजभण्डारी, स्वेता पोखरेल, मोनालिषा राई, शशी बिशंखे, सिम्रन प्रधान, र सिम्रन लिम्बु, रतुवामाई–इटहरीबाट विपना तामाङ, उर्लाबारीबाट मिलिसा श्रेष्ठ, इटहरीबाट गोमा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, र प्रिजनी नेपाल, खोटाङबाट एञ्जल राई, पथरीबाट रिजु भट्टराई, र रेजिना राई र धनकुटाबाट रेश्मा राई र अन्जु बुढाथोकी गरी २१ जना प्रतिस्पर्धी रहेका छन् । सिल्भर इन्टरटेन्मेन्ट आयोजक रहेको यस प्रतियोगितामा सबै प्रतिस्पर्धी फिनालेका लागि प्रशिक्षणमा व्यस्त रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया