प्रधानमन्त्रीको नियमित डायलासिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार साँझ मिर्गौलाको नियमित डायलासिस गरिएको छ । मिर्गौलाको नियमित डायलासिसका लागि उनी सागको समापन समारोह हेरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको यो नियमित डायलासिस हो । मिर्गौलाले राम्ररी काम गर्न छाडेपछि उनले अहिले नियमित डायलासिस गरिरहेका छन् । प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको गत मंसिर १० गते मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनी उपचारपछि मंसिर १९ गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।

डिस्चार्ज गर्नु अघि उनको नवाैँ पटक डायलाइसिससमेत गरिएको थियो । ‘प्रधानमन्त्रीको अन्य स्वास्थ्यस्थिति ठिकै छ, उहाँलाई डायलाइसिस गर्न यहाँ ल्याइएको हो’, उपचारमा संलग्न एक चिकित्सकले भने । प्रधानमन्त्रीको एपेन्डेसाइटिसको शल्यक्रियापछिको अस्पताल बसाईमा ५ पटक डायलाइसिस गरिएको थियो । यसअघि समेत प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलाइसिस गरिएको थियो ।

प्रतिक्रिया