१३ औँ साग सम्पन्न

काठमाडौं । नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्दै दक्षिण एसियाली खेलकुदको १३ औँ संस्करण सकिएको छ । नेपालले सागमा ५१ स्वर्ण ६० रजत र ९५ कास्यसहित कुल २०६ पदक जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भव्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएकी छन् । प्रतियोगिता सुरुआत हुँदा नै नेपालले ५० स्वर्णको लक्ष्य लिएको थियो ।

नेपालले १३औँ सागमा सबैभन्दा धेरै स्वर्ण तेक्वान्दोबाट जितेको थियो । तेक्वान्दोबाट १२, कराँतेबाट १० र उसुबाट पाँच स्वर्ण पदक जित्न सफल भयो । पौडी र साइक्लिङमा चार÷चार, बक्सिङ र एथ्लेटिक्समा तीन÷तीन, ट्रायथलन, भारोक्तलन, गल्फ र जुडोमा दुई÷दुई स्वर्ण पदक जित्न सफल भयो

सदैव ठूलो लक्ष्य लिए पनि कहिले पूरा हुने गरेको थिएन । तर, यसपटक भने नेपालले लक्ष्यभन्दा बढी पदक जितेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले प्रतियोगिता अगावै नेपालको लक्ष्य ५० स्वर्ण जित्ने रहेको बताएका थिए । यद्यपि सो कुरालाई कसैले पनि ध्यान दिएका थिएनन् । मंसिर १५ गतेबाट औपचारिकरूपमा सुरु भएको सागमा नेपालले कराँतेबाट पहिलो स्वर्ण जितेको थियो । कराँतेको व्यक्तिगत काता पुरुषमा मण्डेकाजी श्रेष्ठले जित्न सुरु गरेको स्वर्ण पुरुष फुटबलमा गएर टुंगिएको थियो ।

नेपालले यसअघि सबैभन्दा धेरै स्वर्ण पदक आठौँ सागमा जितेको थियो । सन् १९९९ मा काठमाडांैमै भएको सागमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो । नेपालले १३औँ सागमा सबैभन्दा धेरै स्वर्ण तेक्वान्दोबाट जितेको थियो । तेक्वान्दोबाट १२, कराँतेबाट १० र उसुबाट पाँच स्वर्ण पदक जित्न सफल भयो । पौडी र साइक्लिङमा चार÷चार, बक्सिङ र एथ्लेटिक्समा तीन÷तीन, ट्रायथलन, भारोक्तलन, गल्फ र जुडोमा दुई÷दुई स्वर्ण पदक जित्न सफल भयो । यसैगरी कुस्ती र पुरुष फुटबलमा एक÷एक स्वर्ण पदक जित्न सफल भएको हो ।

१३औँ सागमा नेपालले केही ऐतिहासिक कीर्तिमानसमेत कायम गरेको छ । पौडीकी गौरिका सिंहले चार स्वर्ण जितिन् । उनले जितेको स्वर्ण सागको व्यक्तिगत इभेन्टमा पहिलो स्वर्ण हो । साथै एक संस्करणमा चार स्वर्ण उनको अर्को कीर्तिमान हो । कराँतेका मण्डेकाजी श्रेष्ठ र आयषा शाक्यले एकै संस्करणमा दुई स्वर्णको कीर्तिमान बनाएका छन् ।

ट्रायथलनमा सोनी गुरुङ, १० हजार दौडमा सन्तोषी श्रेष्ठ, कुस्तीमा संगीता धामी र गल्फमा सुवास तामाङले पहिलो स्वर्णको इतिहास रचेका छन् । यस्तै भारोतोनल महिलामा सञ्जु चौधरी, बक्सिङ महिलामा मिनु गरुङले पहिलो स्वर्ण जितिन् । नेपालले भलिबल र कबडडीको महिलामा पनि पहिलो पटक कांस्य जितेको छ । यसैगरी महिला क्रिकेटमा अञ्जली चन्दले २.१ ओभरमा रन नै नदिई ६ विकेट लिएर विश्वकीर्तिमानसमेत बनाएकी छन् । यसै सागबाट नेपालले कुल स्वर्ण पदकको संख्या पनि एक सय बढी पु¥याएको छ ।

सागको समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश दिएर ऐतिहासिक सफलता हात पारेको उल्लेख गरेका छन् । समापन समारोहमा लाइटिङमार्फत् विभिन्न आकृति बनाइएको थियो । यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए । सागको १४औँ संस्करण पाकिस्तानमा हुने भएको छ ।

प्रतिक्रिया