लैगिंक हिंसा बिरुद्ध सडक नाटक

पाँचथर । जिल्लाको फिदिम बजारमा लैगिंकहिंसा बिरुद्धको सडक नाटक प्रस्तुत गरीएको छ । मंगलबार बिहान बिन्दास चोकमा विभिन्न सरोकारवालाहरु माझ हिंसा बिषयक कथाको नाटक देखाइएको हो । लैगिंक हिंसाको १६ दिने अभियान अन्र्तगत नगरपालिका र जिल्ला प्रहरीको संयुक्त आयोजनामा सडक नाटक प्रस्तुत गरिउको हो ।

थिएटर रंग मञ्चको आयोजनामा, कमल घिमिरेको लेखन तथा कुमार ढकालको र्निदेशनमा हिंसा बिरुद्धको सन्देशमुलक नाटक कलाकारहरुले प्रस्तुत गरे । सूरुमा कतै मंसिरमा बिबाह भए जस्तो, नौमती बाजामा, बेउली र बेहरला सजिएर सडकमा निक्सिएका थिए । सूरुमा त रमाइलै भयो ,नाटक को कथाले दर्शकलाइ केहिभरमै स्तव्ध बनाएको थियो ।

 

रक्सीको नसा र पारिवारिक अनमेलले निम्ताएको हिंसालाइ चरीतार्थ देखाएको पाइन्थ्यो । १६ दिने हिंसाको अन्तीम दिन मानवअधिकार दिवशको अवसरमा निकारीएको ¥यालिले बजार परिक्रमा गरी कोणसभा गरिएको थियो । नगर प्रमुख ओनाहाङको अध्यक्षमा भएको दिवशलाइ जिससप्रमुख बिष्णु प्रसाद साप्कोटाले प्रमुख अतिथिबाट, सव्यसमाज र्निमाण गर्ने, समृद्धिसमाज, सुखिसमाज बनाउन दिवशले शन्देस दिनेमा ऐकबद्धता रहेको जनाए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले पाँचथरमा हिंसाजन्य घटनामा बृद्धिभएको र न्युनिकरण तर्फ सबैले ध्यान जान आग्रह गरे । मावअधिकारका आधारभुत सिदान्त आफैबाट सुरु गर्नु, घर अनि समाजमा सचेतनाको आवश्यकता बिषयमा विचार व्यक्त गरे । वस्तीले ७२ ले दिएको संविधानको हक बारे प्रस्टाएका थिए । वनेको ऐनलाइ लागुु गर्नु, प्राथमिकता रहेको जनाए । कार्यक्रममा सुरक्षा निकाय, संघसस्था, सरकारी अकिारी, लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया