रंगशालामा प्रहरीले सर्वसाधारण र पत्रकारलाई कुट्यो

काठमाडौँ । दशरथ रंगशालामा टिकट लिन भित्र छिर्न खोज्दा प्रहरीले सर्वसाधारण जनता र पत्रकारलाई प्रहरीले कुटपिट गरेको छ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल र भुटानबीच मङ्गलबार हुने फुटबल खेलको फाइनलमा टिकटको विषय विवादमा भएको थियो ।

फुटबलको फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारणमाथि प्रहरीले रङ्गशालाबाहिर कुटपिट गरेको हो । कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई पनि प्रहरीले हातपात गरेको छ । प्रहरीले नागरिक दैनिकका पत्रकार सुमन चापागाइँमाथि फोटो र भिडियो खिचेको भन्दै हातपात गरेका हो ।

प्रतिक्रिया