बलात्कारीलाई नपुंसक बनाउने कानुनी व्यवस्थाको खाँचो

बलात्कारको भयानक ताण्डवले निश्चित रूपमा नारीको अगाडि बढ्ने जोस जाँगर एवं चाहनामाथि तुषारापात गर्न सक्छ । स्वतन्त्र र निस्फिक्री भएर उनीहरू हिँडडुल गर्नसमेत बलात्कारको त्रासले असर पार्न सक्छ । सारा पुरुषले नारीलाई जीवनको दुई पांग्रामध्ये एउटा पांग्रा भएको स्विकार्छन् भने त्यस पांग्रालाई समानरूपमा गुड्न दिने परिस्थिति सिर्जना गर्नु अपरिहार्य छ 

आधुनिक मानवीय सभ्यताको अनुहारमा दिनहुँ घिनलाग्दा काला धब्बा लगाउँदै बलात्कारका घटनाले अत्यन्त भयावह स्वरूप लिँदै गएका छन् । दैनिक सरदर पाँचजना बलात्कृत भइरहेको डरलाग्दो तथ्यांकले सिंगो समाजलाई लज्जित पारिरहेको छ । मानिसको दया–माया, भाइचारा, आपसी सौहाद्र्र घट्दै गएको छ भने उसको नृशंसता निरन्तर बढ्ने क्रममा छ । विगत १० वर्षमा बलात्कारका घटनामा चार गुणा भएको वृद्धिले यस पीडादायी यथार्थको पुष्टि गरिरहेको छ ।

राष्ट्रिय महिला आयोगका एक पदाधिकारीका अनुसार, बालबालिका र अपांगता भएका तथा सुस्त मनस्थितिका बालबालिका, किशोरी, युवतीलगायत बलात्कारको बढी जोखिममा छन् । किनभने उनीहरूलाई आपूmसँग के भइरहेको छ थाहा हुँदैन, प्रतिरोध गर्न सक्दैनन् र सजिलै विश्वस्त हुन अथवा चुप लाग्न उनीहरूलाई धम्क्याउन सक्छन् बलात्कारीहरू । उनका अनुसार, कतिपय बाल संरक्षण केन्द्र वा आश्रय गृहमा समेत यौनदुव्र्यवहार छ । जहाँ एक्ला बच्चाहरूले मायाको अभिव्यक्तिका रूपमा, आत्मीयता मानेर सहन्छन् यौन पिपासुले गरेको निकृष्ट व्यवहारलाई ।

बलात्कारपछि हत्याको यो काण्ड अहिले विश्वभरि चर्चाको विषय बन्नुको कारण के छ भने बलात्कार आरोपित यी चारै युवक बलात्कार गरेकै स्थानमा प्रहरी मुठभेडमा मारिएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, त्यहाँका अधिकांश जनता ती युवक प्रहरी मुठभेडमा मारिनुबाट खुसी भएका छन् । तर, मानवअधिकारकर्मीहरू यस मुठभेडको गहिरो अनुसन्धानमा लागिपरेका छन्

मोरङ, झापा, रूपन्देही, सुनसरी, बाँके र दैलेख जिल्लामा बढी बलात्कारका घटना हुने गरेका छन् । यसैगरी, धादिङ, काभ्रे, गोरखा र सिन्धुपाल्चोकमा पनि बलात्कारले चिन्ताजनक रूपमै विषालु नंग्रा गाड्दै लगेको छ । ४ वर्षकी बालिकादेखि साठी वर्ष नाघेका महिलासमेत बलात्कारको निशानामा पर्ने गरेका छन् भने दस वर्षदेखि असी वर्ष पार गरेका वृद्धले समेत बलात्कार गर्ने गरेका अनेकौँ उदाहरण छन् । धर्मको आडमा बलात्कार हुने गरेका नवीनतम घटनाहरू प्रकाशमा आइरहेका छन् । यस्ता धर्मगुरूहरूलाई अभैm कठोर दण्ड सजाय दिनु आवश्यक छ ।

राजनीतिक पहुँच, धनको आड र कतिपय भ्रष्ट पदाधिकारीको संरक्षण प्राप्त गरी अधिकांश बलात्कारी कानुनको आँखामा छारो हालेर जोगिने गरेका छन् । एउटा बलात्कारी जोगिँदा त्यसलाई सम्झिँदै अन्य दुष्प्रकृतिका व्यक्तिले बलात्कार गर्न बल पाउनु स्वाभाविकै हो । यस कारण बलात्कारीलाई सजाय दिलाउन हरेक व्यक्ति इमानदारीपूर्वक आ–आफ्नो तर्पmबाट अग्रसर नभए बलात्कारको राक्षसलाई नियन्त्रण गर्न असम्भव भइसकेको छ ।

आधा आकाश ओगटेका नारी अहिले हरेक दृष्टिकोणले सक्षम भइसकेका छन् । राजधानी काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद (साग) को १३आँै संस्करणको मंसिर २३ गतेसम्म सम्पन्न विभिन्न खेल सकिँदा नेपालका लागि स्वर्ण पदक ल्याउनेमा पुरुषभन्दा महिला खेलाडी अगाडि रहेबाट स्पष्ट भएको छ कि नेपाली महिला पुरुषभन्दा कुनै मामिलामा पछाडि छैनन् । उनीहरूलाई समुचित वातावरण र अवसर मिल्नुपर्छ । बलात्कारको भयानक ताण्डवले निश्चित रूपमा नारीको अगाडि बढ्ने जोश जाँगर एवं चाहनामाथि तुषारापात गर्न सक्छ ।

स्वतन्त्र र निस्फिक्री भएर उनीहरू हिँडडुल गर्नसमेत बलात्कारको त्रासले असर पार्न सक्छ । सारा पुरुषले नारीलाई जीवनको दुई पांग्रामध्ये एउटा पांग्रा भएको स्विकार्छन् भने त्यस पांग्रालाई समानरूपमा गुड्न दिने परिस्थिति सिर्जना गर्नु अपरिहार्य छ । महिला अधिकारका आकर्षक नाराहरूलाई व्यवहारमा लागू गर्न सबै अगाडि सर्नुपर्छ । यही अठोट राखेर सबै सक्रिय भए बलात्कारीले कहींकतैबाट सहानुभूति पाउन सक्दैन ।

हाम्रो छिमेकी राष्ट्र भारतको उन्नाव र हैदराबादमा गत साता भएका दुईवटा बलात्कारका घटनाले विश्वलाई नै स्तब्ध पारिदियो । उन्नावकी बलात्कार पीडित युवतीले प्रहरीमा दिएको उजुरी अनुसार, उनीलाई ललाइफकाइ गाउँकै एक युवकले आफ्नो प्रेमजालमा पार्यो । विभिन्न षड्यन्त्र गरी उनीलाई राय बरेली सहरमा लगेर बलात्कार गर्दै त्यसको मोबाइल भिडियो तयार गर्यो । गाउँ फर्केपछि पीडितले बिहे गर्न दबाब दिन थालेपछि बलात्कारीले फेरि रायबरेली ल्यायो । युवकको नियतमा शंका लागी उनी आफ्ना फुपू कहाँ जान खोजेका वेला बलात्कारी युवक तथा उनका चारजना साथीले लाठी तथा चक्कु प्रहार गरी उनलाई बेहोस बनाइदिए । त्यसपछि उनीमाथि पेट्रोल खन्याएर आगो लगाइदिए ।

नब्बे प्रतिशत जलेकी उनको मृत्यु भएको छ । यस घटना लगत्तै भारतकै हैदराबाद सहरमा पशुचिकित्सक एक महिलाको बलात्कारपछि निर्मम हत्या गरियो । बलात्कार आरोपित चारैजना युवकले उनलाई कब्जामा पारी घन्टौँसम्म रक्सी पिए र उनीलाई पनि रक्सी पिलाउने प्रयास गरे । यी युवकहरूले बलात्कारपछि पशुचिकित्सक महिलाको हत्या गरेर उनको शव जलाइदिए । पछि ती युवकहरू बलात्कृतको शव पूरै डढे–नडढेको हेर्न फर्के । यी सबै प्रहरीद्वारा पक्राउ गरिए ।

बलात्कारपछि हत्याको यो काण्ड अहिले विश्वभरि चर्चाको विषय बन्नुको कारण के छ भने बलात्कार आरोपित यी चारै युवक बलात्कार गरेकै स्थानमा प्रहरी मुठभेडमा मारिएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, त्यहाँका अधिकांश जनता ती युवक प्रहरी मुठभेडमा मारिनुबाट खुसी भएका छन् । तर, मानवअधिकारकर्मीहरू यस मुठभेडको गहिरो अनुसन्धानमा लागिपरेका छन् ।

यद्यपि, भारतका विश्लेषकहरूले त्यहाँको न्यायपालिकामाथि सर्वसाधारणको भरोसा घट्दै गएकोले प्रहरीसँगको यस्ता मुठभेडप्रति समर्थन जनाइएको टिप्पणी गरिरहेका छन् । बलात्कारका मुद्दामा अदालतको पैmसलाप्रति हुने गरेको ढिलाइ लिएर विश्वका अनेकौँ देशका जनतामा तीव्र असन्तुष्टि देखिने गरेको छ । बलात्कारलाई जघन्य अक्षम्य अपराध स्वीकार गरिसकेको परिप्रेक्ष्यमा न्यायिक निकायले यसको पैmसला गर्ने प्रक्रियालाई सरलीकरण एवं सक्दो चाँडो टुंग्याउने प्रकृतिमा राखिदिए न्यायपालिकाप्रतिको भरोसामा कहीँकतै ह्रास आउने थिएन ।

बलात्कारीहरूलाई दिइने सजायको कानुनी व्यवस्थाबारे पनि विभिन्न राष्ट्रमा अनेक बहस चुल्ने गरेका छन् । नेपालमै निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर दोषीलाई फाँसीको सजाय दिनुपर्ने माग जताततै उठाइएको थियो । यस्तो माग विभिन्न देशमा उठाउने गरिएको छ । तर, फाँसी सजायको प्रावधान कानुनमा राख्न अधिकांश देशका सरकार सकारात्मक नरहेकाले त्यस्तो सजायबाट बलात्कारी बच्ने गरेका छन् । बलात्कार अपराधको नृंशंसता, अमानवीयता र त्रूmरतालाई दृष्टिगत गर्दा बलात्कारीलाई हदैसम्मको सजाय दिने पक्षमा सर्वसाधारणहरू रहेका छन् । केही राष्ट्रमा बलात्कारीलाई फाँसीको सजाय दिने कानुनी व्यवस्था छ भने पश्चिमा केही राष्ट्रमा बलात्कारीलाई नपुंसक बनाइदिने सजाय दिने गरिएको छ ।

नेपालमा जसरी बलात्कारप्रति पहुँचवालाको दुस्साहस बढ्दै गएको छ त्यसलाई दृष्टिगत गरेर बलात्कारीहरूलाई सकेसम्म फाँसीको सजाय दिने व्यवस्था कानुनमा गर्नुपर्छ, नभए त्यस्ता निकृष्ट अपराधीहरूलाई जुनिभरि फेरि त्यस्तो दुष्कर्म गर्नबाट रोक्न नपुंसक बनाइदिने सजाय दिनु पर्दछ । यस सम्बन्धमा कानुन निर्माताहरूले गम्भीर छलफल गर्नुपर्छ ।

प्रतिक्रिया