सिंगापुरको आर्थिक समृद्धिका सूत्रधार ली क्वान यू

पृथ्वीको भू–मध्य रेखादेखि एक डिग्री उत्तरमा परेको उष्ण तापक्रम रहेको सिंगापुर सत्तरीको दशकदेखि आर्थिक समृद्धिको पथमा द्रुत गतिले अघि बढ्न थालेको हो । आफ्नो भौतिक पूर्वाधारका लागि चर्चित दक्षिणपूर्वी एसियाली मुलुक सिंगापुर रुफटप बार, चिली क्रायव फमुर्ला–१ रेसिङ क्यालेन्डरमा नाइट रेसका लागि पनि विश्वमाझ लोकप्रिय रहेको छ । ‘पूर्वको मोनाको’ उपनामसमेत पाएको यस मुलुकको आर्थिक समृद्धिका पिताका रूपमा त्यहँँका पूर्व तथा प्रथम प्रधानमन्त्री ली कुवान यू चिनिन्छन  ।

सन् १९५९ देखि १९९० सम्म सिंगापुरको प्रधानमन्त्रीको कुर्सीमा रहेका लीको एकल परिकल्पनामा आधुनिक सिंगापुरको निर्माण भएको हो । साथै उनी विश्वको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने व्यक्तित्वको रूपमा पनि चिनिन्छन् । छिमेकी मुलुक मलेसियाबाट छुटिएर सिंगापुरले सन् १९६५ मा स्वाधीनता हासिल गरेको हो । करिब आधा शताब्दिसम्म सिंगापुर आफ्नै कुनै प्राकृतिक स्रोत नभएको टापुको रूपमा रहेको थियो ।

त्यसपछि आफूलाई नाटकीयरूपमा रूपान्तरण गरेका सिंगापुरका दुईवटा क्यासिनो रिसोर्ट र अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्ट ठहरिएका छन् । साथै गगनचुम्बी भवनहरूको भीडका कारण सिंगापुरलाई मानिस प्रतिस्पर्धी छिमेकी हङकङ र अमेरिकाको न्युयोर्कको म्यानह्याटनसँग तुलना गर्दछन् । लीले सिंगापुरले हासिल गरेको आर्थिक र भौतिक उपलब्धिलाई आफ्नो स्मरण पुस्तक ‘फ्रम थर्ड वल्र्ड टु फस्र्टः दि सिंगापुर स्टोरीः १९६५–२०००’ मा राम्ररी उल्लेख गरेका छन् । लीले सिंगापुरलाई विश्वकै आकर्षित लगानीको गन्तव्यको रूपमा विकास गर्न र देशको भौतिक पूर्वाधारहरूको बेजोड र उदाहरणीय ढंगले निर्माणका लागि कुशल र सिपालु जनशक्ति उत्पादनमा विशेष जोड दिएका थिए ।

जसले गर्दा उनी राष्ट्रको हवाई र जलीय सम्पर्कलाई पनि उत्कृष्ट ढंगले विस्तार गर्न सफल भए । उनले देशमा न्यून र पारदर्शी करयुक्त शासन प्रणाली र कडा नियम कानुन तथा तटस्थ कूटनीतिको माध्यमबाट सफा र हरियो सहर विकास गरेका थिए । सशक्त कर्मचारीतन्त्रका कारणले पनि छोटो समयभित्रै उल्लेखनीय आर्थिक समृद्धि हासिल गरेको सिंगापुरले आफूलाई संयुक्त राज्य अमेरिका र चीनको गठबन्धन समूहमा राख्न सकेको हो । परिणमस्वरूप हेर्दाहेर्दै सिंगापुर विश्वकै शक्तिशाली र धनी वित्तीय केन्द्रको रूपमा देखापर्यो । धार्मिक र जातीय विविधता भएको सिंगापुरमा समय सापेक्ष, आधुनिक, व्यवहारिक र वैज्ञानिक शिक्षाको कार्यान्वयनमा पनि लीले महत्वपूर्ण भूमिका निभाएका थिए ।

अनिवार्य शिक्षा र हरेक तहका जनतामा शिक्षाको पहुँच पु¥याएर लीले आर्थिक समृद्धिका लागि आधारशीला तयार पारेका थिए । भ्रष्टाचारविरुद्ध न्यून सहिष्णुता नीतिका कारण पनि सिंगापुरको व्यापार व्यवसाय प्रवद्र्धनमा कुनै अवरोध आउने गरेको छैन । ली कुआनले साठीको दशकमा विश्वकै सबैभन्दा गरिब मुलुकमध्ये एकमा गनिने सिंगापुरलाई अहिलको अतिसमृद्ध राष्ट्रको दर्जामा पुर्याएका हुन् । उनले यसका लागि गतिशील आर्थिक नीतिको आवश्यक रहेको महसुस गरेका थिए ।

यसका साथै उनले कानुनी राज्य, सशक्त, सरकारी संरचना भ्रष्टाचारविरुद्धको निरन्तर संघर्ष र समष्टिगत स्थिरताले पनि लीलाई आफ्नो महत्वाकांक्षा साकार पार्न सहयोग पुर्याएका थिए । ली कुआनले भावी पिँढीका लागि राष्ट्रमा बलियो आर्थिक पूर्वाधार खडा गर्ने लक्ष्य लिएका थिए । अहिले सिंगापुरमा प्रत्येक व्यक्तिको आर्थिक मूल्य अमेरिकीहरूकै जति उच्च रहेको छ । त्यति बेला करिब २० लाख मात्र जनसंख्या रहेकाले लीले आफ्नो आर्थिक समृद्धिको सपना पूरा गर्न आप्रपवासीलाई मुलुकमा भित्र्याउनुपर्ने आवश्यकतामा ध्यान दिएका थिए ।

त्यसमाथि पनि उनले प्रतिभावान् र सीपयुक्त मानिसलाई आप्रवासीको उच्च प्राथमिकताभित्र राखे । ली कुआनकै यस सकारात्मक परिकल्पनाका कारण ५० वर्षअघि जस्तै आज पनि सिंगापुरमा बसाइँ सर्ने आप्रवासीलाई खुला हृदयले स्वागत गरिने गरिएको छ । विदेशी र घरेलु जनशक्तिको एकताकै बलमा सिंगापुरले दशकौँसम्म आर्थिक वृद्धि गर्न सकेको हो । मलेसियाबाट छुट्टिएयता लीले सिंगापुरमा उच्च प्राविधिक सरकार विकास गरे । जसले प्रतिस्पर्धी, गुणमा आधारित र परिणाममुखी आर्थिक नीतिहरूको सफल नेतृत्व बहन ग¥यो । सिंगापुरको पुरानो पाया लेवार विमानस्थल साँघुरो महसुस गरिएपछि क्षेत्रीय पारवहन केन्द्रको रूपमा चांगी विमानस्थलको विकास गरिनु लीको महत्त्वपूर्ण निर्णयमध्ये एक हो ।

सिंगापुरको सुशासन प्रणाली र प्रविधिमा आधारित पारदर्शिता एवं जलीय यातायातको रातारात विकासका कारण यसलाई एसियामा बहुराष्ट्रिय व्यवसायका लागि पायक पर्ने स्थानका लागि विकास गरिएको छ । साथै केन्द्रीय सञ्चय कोषको व्यवस्था, आवास विकास बोर्डअन्तर्गतको फ्ल्याट स्वामित्व र एकीकृत शिक्षाजस्ता सकारात्मक महत्वपूर्ण आर्थिक नीतिका कारण पनि सिंगापुरलाई ग्रामीण परिवेशबाट आफूलाई छोटो समयमै सहरी स्थितिमा पु¥याउन सजिलो भएको थियो ।

तर, युरोपमा आर्थिक विचलन आइरहेको वर्तमान परिप्रेक्षमा सिंगापुरसामु दिगो विकासको चुनौतीको सामना गर्न सक्षम बनाउनुपर्ने परिस्थिति सिर्जना भएको छ । चुनौतीपूर्ण परिवर्तित आर्थिक नीतिहरूमा समयानुकूल आफूलाई ढाल्दै लैजान बढ्दो तलबलाई सन्तुलनमा राख्ने, जनताको जीवनशैलीलाई सुधार ल्याउने तथा निरन्तर आर्थिक वृद्धिदर कायम राख्दै आफूलाई उच्च र गुणस्तरीय उत्पादनशील मुलुकको दर्जामा राख्न सिंगापुर अझै प्रयत्नशील रहेको छ । आगामी दशकमा आफूलाई विश्वकै महत्वपूर्ण वित्तीय केन्द्रमध्ये एक बनाउनु जलीय र उड्डयन क्षेत्रमा उदाहरणीय र प्रतिस्पर्धी र विश्वव्यापी बहुराष्ट्रिय कम्पनीहरूको क्षेत्रीय मुख्यालयको रूपमा विकास गर्नुजस्ता लक्ष्य सिंगापुरको रहेको छ ।

प्रतिक्रिया