प्रभु बैंक र गोर्खा सत्याग्रह समितिबीच सम्झौता

काठमाडौं । गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैंक बीच ब्रिटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व सैनिकहरुको प्रभु स्पेशल सेभिङ्गखाता सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । गोर्खा सत्याग्रह समिति, नेपालका तर्पmबाट अध्यक्ष कृष्ण बहादुर राई र प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले एक समारोहकाबीच उक्त सम्झौता पत्रमा मा हस्ताक्षर गरे ।

गोर्खा सत्याग्रह समिति नेपाल खासगरी ब्रिटिश सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व गोर्खा सैनिकहरुको हितमा क्रियाशील रहेको गैरसरकारी संस्था भएकोले गोर्खा सत्याग्रह समिति नेपालले प्रभु बैंक लिमिटेडको कमलादी शाखा कार्यालयमा आप्mनो नाममा खाता खोली कारोबार गर्ने छ । गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले पनि प्रभु बैंक लिमिटेडको जुनसुकै शाखा कार्यालयबाट प्रभु स्पेशल सेभिङ्ग खाता खोल्न सक्ने व्यवस्था मिलाईएको छ ।

गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले प्रभु बैंकमाप्रभु स्पेशल सेभिङ्गखाताखोली ब्रिटिश सरकारबाट प्राप्तगर्ने पेन्सन रकम सिधै प्रभु बैंकमा रहेको सम्बन्धित खाता धनीको खातामा जम्माहुने व्यवस्था मिलाईने बैंकले जनाएको छ । प्रभु स्पेशल सेभिङ्ग खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथा भुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता खोल्न सक्नेछन् ।

हालको लागि वार्षिक ६ दशमलव ५ प्रतिशत ब्याज प्रदान गरिने उक्त खातामा बैंकको नियमानुसार ब्याजदर परिवर्तन हुन सक्नेछ । युपिआई कार्डको सेवाशुल्क(पहिलो वर्षको लागिमात्र) चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट, गुडफर पेमेण्ट शुल्क, बैंक स्टेटमेण्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ्ग दर्ता गर्दा लाग्ने सेवा शुल्क निःशुल्क प्राप्त हुनेछ ।

प्रतिक्रिया