बुटवल पावरले २८ प्रतिशत लाभांश दिने

काठमाडौं । निजी क्षेत्रको विद्युत् उत्पादक कम्पनी बुटवल पावर कम्पनीले आफ्ना सेयरधनीलाई कुल २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७५÷७६ को खुद मुनाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश एवं १० प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको आगामी २७औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । कम्पनीले खिम्ती जलविद्युत् आयोजना, झिमरुक र आँधीखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आव ०७५÷७६ को खुद मुनाफासहितको सञ्चितीबाट आफ्ना सेयरधनीलाई सात प्रतिशत सेयर लाभांश तथा कर प्रयोजनका लागि ० दशमलव ३७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ । त्यस्तै विजय लघुवित्त वित्तीय संस्थाले आव ०७५÷७६ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीका अनुसार १५ प्रतिशत सेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यसमा सेयर लाभांशतर्फ रु दुई करोड ९२ लाख २१ हजार ५०० र नगद लाभांशतर्फ रु ९७ लाख ४० हजार ५०० वितरण गर्ने प्रस्ताव गरिएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया