कांग्रेसद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ६ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) का पार्टीका क्षेत्रीय सभापति माधव अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले आज एक विज्ञप्तिमार्फत उनको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत स्व अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको जनाउँदै उनको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । पैँतिस वर्षीय अधिकारीको हिजो हृदयघातबाट निधन भएको थियो ।

प्रतिक्रिया