कारबाहीमा दुई दर्जन बढी तालिबानी लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको प्रान्तीय राजधानी मैदान सारमा तालिबानी लडाकूविरुद्ध सुरक्षाबलले गरेको कारबाहीमा कम्तीमा २५ लडाकू मारिएको अफगान गृह मन्त्रालयमा प्रवक्ता नसरत रहिमीले बताएका छन् ।

उप गृहमन्त्री जनरल खोशाल सदातले गरेको निरीक्षणको क्रममा विद्रोहीहरुको मुख्य अखाडा पनि ध्वस्त भएको बताएको रहिमीले जानकारी दिए । सो क्षेत्रमा सशस्त्र विद्रोहीहरू रहेसम्म त्यो कारबाही जारी रहनेछ । कारबाहीको क्रममा सुरक्षाकर्मीहरु हताहत भए नभएको भने प्रवक्ताले प्रष्ट पारेका छैनन् ।

काबुलबाट ३५ किलोमिटर पश्चिममा पर्ने वार्दाक प्रान्तको प्रान्तीय राजधानी मैदान सारमा सक्रिय रुहेका तालिबानी आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया