नेकपाको सचिवालय बैठकः उपनिर्वाचनको समीक्षा

काठमाडौँ । उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक अहिले पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा जारी बैठकमा यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीले विगतमा जितेका कतिपय स्थान गुमाएपछि संस्थागतरुपमा समीक्षाका लागि नेकपा जुटेको हो ।

यसअघि यही मङ्सिर १८ गतेको सचिवालय बैठकले सम्बन्धित जिल्ला र वडा कमिटीलाई समीक्षा प्रतिवेदन दिन निर्देशन दिएकोमा सो प्रतिवेदन प्राप्त भएको नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

प्रतिक्रिया