भारोत्तोलनमा राम्रो प्रर्दशन

पोखरा । भारोत्तोलनअन्तर्गत नेपालले थप एक रजत र एक कांस्य थप्न सफल भएको छ । चार दिनसम्म पोखरामा चलेको सो प्रतियोगिताको अन्तिम दिन आइतबार नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जित्न सफल भएका हुन् ।  यस्तै १०९ प्लस तौल पुरुष १०९ तौल समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गरेका हुन् । नेपालका लागि रजत जितेका भण्डारीले राष्ट्रिय रेकर्ड पनि राखेका छन् । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाए । सागको छनोट चरणमा आफ्नो नामको तीनै विधाको रेकर्ड १३ औँँ सागमा उनले भंग गरेको जानकारी नेपाल भारोत्तोलन संघका प्रवक्ता रुकेश तण्डुकारले जानकारी दिए ।

प्रतियोगितामा बंगलादेशका मोहम्मद अब्दुल्लाह अई मुमिनले कांस्यमा चित्त बुझाए । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाएका थिए । आइतबार नै भएको १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाए । सो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो ।

यस्तै श्रीलंकाली डब्लु पीयु चरुकाले रजत पदक जिते । उनले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गर्दा नेपालका लागि पुकारले कुल २७५ तौल उठाए । उनले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गरे नेपालका लागि रजत र कांस्य जित्ने दुवै खेलाडीले समान २७५ तौल उठाएका हुन् । पुकारका लागि स्न्याच विधामा राष्ट्रिय रेकर्ड हो । सो स्पर्धामा बंलादेशका खेलाडी चौथो भए ।

बीस स्वर्णसहित कुल ६० पदकका लागि महिला तथा पुरुषतर्फ दश–दश वेट क्याटागोरीमा भएको खेलमा नेपालले कुल १६ क्याटागोरीमा भाग लिएको थियो । सबै इभेन्टमा नेपालले पदकविहीन हुनु परेन । यसरी साग भारोत्तोलनमा नेपालले दुई स्वर्ण, तीन रजत र ११ कांस्य पदक जित्दै यात्राको सुखद् अन्त्य गरेको छ ।

प्रतिक्रिया