जुडोमा देविकालाई स्वर्ण

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले जुडोबाट पहिलो स्वर्ण जितेको छ । जुडोकी देविका खड्काले महिला ५२ केजीमा स्वर्ण जितेकी हुन् ।  उनले फाइनल भिडन्तमा बंगलादेशकी जेरिन ताहामिदालाई पराजित गरेकी हुन् । बंगलादेशी खेलाडी ३ वटा फल गरेर डिस्क्वालिफाइ भएपछि खड्काले स्वर्ण जितेकी हुन् त्यसअघि उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । यो नेपालले आइतबार जितेको पहिलो स्वर्ण हो ।

यस्तै फाइनल पुगेका अन्य ३ नेपाली खेलाडी भने पराजित हुँदै रजतमा सीमित भए । पुरुष ६६ केजीमुनि नेपालका इन्द्रबहादुर श्रेष्ठले रजत जिते । इन्द्र फाइनलमा भारतका भारतका जस्लिन सिंहसँग पराजित भए । यस समूहमा भुटान र पाकिस्तानका खेलाडीले कांस्य जिते । महिला ५७ केजीमुनि नेपालकी मनिता श्रेष्ठ प्रधानले रजत जितिन् । मनिता फाइनलमा भारतीय खेलाडीसँग पराजित भइन् । यस स्पर्धामा पाकिस्तान र श्रीलंकाले कांस्य जित्यो ।

पुरुष ७३ केजीमुनि सन्जित डंगोलले पनि रजत जिते । फाइनलमा सन्जित श्रीलंकाका नुवानसँग पराजित भए । यस स्पर्धामा भुटान र भारतले कांस्य जित्यो । यस्तै महिला ६३ केजीमुनि नेपालकी निर्मला घर्ती मगरले रजत जितिन् । यसमा भारतकी निरुपमा देवीले स्वर्ण जित्दा बंगलादेश र श्रीलंकाले कांस्य जित्यो । नेपालकी सोमिया भट्टले महिला ४८ केजीमुनि नेपालकी सोमिया भट्टले कांस्य जितिन् । भारतले स्वर्ण र श्रीलंकाले रजत जित्दा अर्को कांस्य पाकिस्तानले जित्यो । पुरुष ६० केजीमुनि नेपालका उमेश मगरले कांस्य जिते । यस स्पर्धामा भारतले स्वर्ण, श्रीलंकाले रजत र अर्को कांस्य भुटानले जितेको छ ।

प्रतिक्रिया