मेरा बाको खेति र देशको राजनीति

मेरा बा सुदुरपश्चिमको बिकट बझाङ जिल्लाको पनि बिकट गाँउपालीका थलारामा बस्नु हुन्छ । साबिकको थलारा गाँउपालीकामा मेरा बाको अंस लाग्ने पाँच रोपनि जति जमिन छ । तर कुनै जमिनमा पनि सिचाईको व्यवस्था छैन । आकासे पानिको भरमा गरीने खेतीले तिन महिना पनि खान पुग्दैन । आफ्नै खेतमा फलेको धानको चामलको भात दशैमा मात्र खाईन्छ भने नयाँ बर्ष आसपासमा बैषाखमा आफ्नै खेतमा फलेको गहँुको रोटी खाईन्छ । बाँकी नौ महिना किनेरै खाने हो ।

गाँउले भाषमा भन्नुपर्दा बेसाह गरेरै गुजरा चलाउने हो । तर मेरा बाले उनासत्तरी बर्ष सम्म खेती गर्न छोडेका छैनन् । हुन त यो देशका कृषक, ज्यामि, मजदुर, भरीयाका मुद्दा उठाएर राजनितिक परिर्वतन भएको पनि आज ठयाक्कै उनासत्तरी बर्ष भएछ । विपि देखि केपिको समय सम्म आईपुग्दा राजनितिक दलिय भागभण्डा र आन्दोलनमै यतिका बर्ष बितेछन । प्रत्येक बर्ष हुने प्रत्येक राजनितिक दलका आन्दोलनको एजेण्डा भनेकै मजदुर किसानका अभाव र आर्थिक उन्नतिका नाराहुन । यो उनासत्तरी बर्षसम्म मेरा बाले धानको विउ फेरे जस्तै देशमा निर्वाचन कार्यालयमा ७५ राजनितिक दलहरु दर्ता भएछन ।

मेरा बा आफ्ना लाला बाला लाई पेटभरी भात खुवाउन नसकेकोमा कुनै चिन्ता नमानि छोरा सहरीया भएको मा चिन्ता ब्यक्त गर्नु हुन्छ अचेल । जसरी भारतमै बसेर भारत सँगै सुरुङ युद्ध गर्न आटेका प्रचण्ड देशको सिमा मिचिदा अन्तर्राष्ट्रिय अदालतमा जादाँ भारत संग सम्बन्ध बिग्रिन्छकी भन्ने चिन्ता ब्यक्त गर्दछन 

आन्दोलनरत विप्लब र बैद्य लगायतका अन्य दलको हिसाब किताब नै गरीएको छैन । बिभिन्न अपराधिक कृयाकलापमा संग्लगन चुरे भवर पार्टिले पहिलो संविधान सभा निर्वाचन भाग लिएको थियो । सिके राउतको पार्टी भने केहिदिन पहिले भएको उप निर्वाचनमा सामेल भैसकेको छ । बैद्यको राजनितिक दल माथि प्रतिबन्ध नलागेको भएपनि बिप्लबलाई भने यो सरकारले प्रतिबन्धीत अराजक गतिबिधि चलाउने समुहमा राखेको छ ।

राजनितिले जुग फेरे जस्तो देखिन्छ । दश बर्ष द्धन्द्धमा होमिएको राजनितिक पार्टी पनि विलय भयो । न त बाको गरामा धान फल्यो न त राजनितिले जनताको आर्थिक उन्नतीको बाटोमा लैजान सक्यो । मेरा बाको खेति र यो देशको राजनीति उस्तै छ । पञ्चायती ब्यवस्था देखि राजा ज्ञानेन्द्रको शासन र पछि गणतन्त्र सम्म आई पुग्दा २८ जना यो देशका प्रधानमन्त्री भैसकेका छन । जनता पनि आफ्नो हक अधिकार र दलहरुको सत्ता परिर्वतनको लागी लडिरहेका छन । त्यसैगरी मेरा बा आफ्नो परीवारको पेट भर्नकै लागी कुटो कोदालो चलाईरहेका छन । नत राजनितिले कोल्टे फे¥यो नत मेरा बाको फुटेको कुरकुच्चाले जुनिफेरेको छ ।

उमेरको उत्तरार्धमा आउईग्दा समेत तिन महिना खान नपुग्ने पाँच रोपनि जमिनलाई आफ्नै अंसमा पाएको भनेर खेति गरीरहे । जसरी आजका युवाहरु आफ्नै देशको माटो भनेर चर्को भाषण गर्दै घरी घरी कालापानि गरीरहेका छन । नत विभिन्न राजनितिक दलहरुसंग आवद्ध युवाहरुले कालापनि आफ्नो बनाउन सक्या छन नत मेरा बा जस्तै तमाम कृषक हरुले खेतिगर्न छाडेका छन । मेरा बा आफ्ना लाला बाला लाई पेटभरी भात खुवाउन नसकेको मा कुनै चिन्ता नमानि छोरा सहरीया भएको मा चिन्ता ब्यक्त गर्नु हुन्छ अचेल ।

जसरी भारतमै बसेर भारत सँगै सुरुङ युद्ध गर्न आटेका प्रचण्ड देशको सिमा मिचिदा अन्तर्राष्ट्रिय अदालतमा जादाँ भारत संग सम्बन्ध बिग्रिन्छकी भन्ने चिन्ता ब्यक्त गर्दछन । म पनि मेरा बा जन्मेकै घरमा जन्मे र हुर्के तर मैले बाको जस्तो खेती गर्ने हलो जोत्ने सोच कहिलै बनाइन । सुखि नेपाली र समृद्ध नेपालको नारा भएको देशमा मेरा बाको र मेरो परिचय यतिमात्रै हो । माथि मैले खेती र मेरो चासोको विषयमा उल्लेख गरेपनि मेरा बाको खेती र यो देशको राजनितिलाई मैले बुझ्ने भएपछि एउटै देख्न थालेको छु ।

नत मेरा बाको खेतिले खान पु¥यायो नत राजनितिले देशलाई समृद्ध बनायो । फरक यतिमात्र छ खेतीमा नग्रा खियाए जसरी राजनितिमा ईमान जमान खियाई रहेका छन । मेरा बा खेती गर्दछन उनको सरीरमा पसिनाको गन्ध आउछ । उनकै उमेरका नेता राजनिति गर्दछन उनको सरीरमा अत्तरको गन्ध आउछ । आकासे पानिको भरमा गरीने खेतीले मेरो परिवारको पेट कहिलै भरीएन जसरी चुनावि नाराले देश समृद्ध कहिलै भएन । राजनितिक ईतिहास जस्तै कृषकको पनि ईतिहास लाई राजनितिले नै बिगारी दिएको छ । किसानले असामा धन रोपाई र विभिन्न अन्नबाली लगाउने मौसम जस्तै नेता जन्माउने मौसम पनि नआएका होईनन् । नेपालमा नेता बनाउने मौसम पनि बह्र पटक आयो र गयो ।

विधिबत रुपमा नेपालमा १२ औँ पटक निर्वाचन भएको छ । तर पञ्चायत र अन्य समयमा पटक पटक गरी नेपालमा १५ पटक निर्वाचन भैसकेका छन । बाह्र पटक भएको निर्वाचनमा यो देशका जनताले मतदान गरेका छन । हुनत नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो । यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेरले २००४ जेठ ३ गते गराएका थिए । यस अगाडि कुनै निर्वाचनको अनुभव नगरेको यस निर्वाचनमा महिला लाई मताधिकार थिएन । उपस्थित भएका पुरुष हरूले मत दिएर प्रतिनिधि छानिएको थियो ।

बालिग मताधिकारको आधारमा नेपालमा भएको पहिलो निर्वाचन २०१५ फागुन ७ मा भएको आम निर्वाचन हो । २००७ सालमा राणा शासन अन्त्य भएपछि २०१० भदौ १७ मा भएको काठमाडौ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका थिए । विधिवत रुपमा नेपालमा निर्वाचन प्रणालिमा जान लागेको ६१ बर्ष भयो ।

निर्वाचनको ईतिहास हेर्ने हो भने विसं २०१७ पुस १ राजा महेन्द्रले सत्ता हातमा लिएपछि २२ वर्ष नेपालमा कुनै पनि निर्वाचन भएन । २०३८ मा पहिलोपटक राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन भयो भने निर्वाचन दोस्रो पटक २०४३ मा भएको थियो । २०४६ चैत २६ गते प्रजातन्त्रको पुनःस्थापना भएपछि २०४८ सालमा प्रतिनिधिसभा निर्वाचन भयो । काँग्रेसको बहुमतको सरकारले २०५१ मा मध्यावधि निर्वाचनको घोषणा ग¥यो । एमालेको अल्पमतको सरकार बनेको थियो । २०५६ मा पुनः प्रतिनिधि सभाको निर्वाचन भयो । दरबार हत्याकाण्ड भएपछि देउवाले २०५९ साल जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि प्रतिनिधिसभा निर्वाचनको सिफारिश गरेका थिए ।

२०५९ असोज १८ गते संसद विघटन गर्ने सरकार चुनाव गराउन असक्षम भएको भन्दै राजा ज्ञानेन्द्रबाट अपदस्थ भयो । यसपछि राजाले लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो । दोस्रो संविधानसभा निर्वाचनका लागि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गैरदलीय मन्त्रिपरिषद गठन गरियो । यो मन्त्रिपरिषद्ले २०७० साल मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन ग¥यो ।

संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेसम्म स्थानीय तह, प्रदेश र संघीय संसद् गरी तीनै तहको निर्वाचन सम्पन्न भयो । संवैधानिक व्यवस्था बमोजिम तीन चरणमा गरेर स्थानीय तहको निर्वाचन भए पछि केहिदिन पहिले मात्र उपनिर्वाचन सम्पन्न भएको छ । यो अवधिका धेरै प्रधानमन्त्री मन्त्री फेरीएका छन । शासन ब्यवस्था फेरीएको छ । चुनावि नारा कहिलै फेरीएनन् । देश समृद्धि हुनको लागी देशकै लज,जमिन,जंगल र जनसंख्यालाईनै प्रयोग गर्न सक्नुपर्छ । मेरा बा जस्तै आकासे पानिको भरमा खेति गर्ने किसानको जमिनमा सिचाईको ब्यवस्था गर्नु पर्छ । मौसम सुहाउदो खेति बालि नालिको ब्यवस्था गर्नु सरकारको मुख्यजिम्मेवारी पनि हो ।

यो देशमा पहिलो निर्वाचन हुदा वैदेशिक रोजगारीमा जानेको संख्या न्युन थियो । तर साध सिमाना खुला भएको कारण भारतका विभिन्न ठाँउमा भने केहि मानिस कामको सिलसिलामा गएका थिए । जनता बाट निर्वाचित प्रधानमन्त्री हुन लागेपछि जनता पनि बैदेसिक रोजगारीमा जानेको संख्या पनि बबढ्दै गयो । अहिले विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन् । बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ । नेपालले अन्तराष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरुलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ ।

नेपाली युवा श्रमिक कामदारहरुको रोजगारीको आकर्षक गन्तब्यको रुपमा रहेका मुलुकहरुमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन । अमेरिका अस्ट्रेलिया क्यानडा लगायतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु पुगेका छन् । देश युवा जनशक्ती विहिन भएको छ । खाद्यान्न, लत्ताकपडा,र कृषिजन्य सामाग्रीको निर्यात भन्दा आयात बढेको छ । भाषणले फसल भरीएन र युवा विदेश पठाएर मलामि पाईएन, आकासे पानिले पेट भरीएन । नेता ज्यु फसल भर्न यसैमा लगानि गर्ने कि ?

प्रतिक्रिया