टाइमको ख्याल नगरे कारबाही हुने

दैलेख । दैलेख–सुर्खेत सडक खण्डमा टाइमकार्डको नियम लागु गरेसँगै अब चालकले टाइमको ख्याल नगरे कारबाही भोग्नुपर्ने भएको छ । पहिले पनि यस्तो ब्यवस्था गरे पनि बिचैमा अलपत्र परेको र दैलेख–सुर्खेत सडक खण्डमा सवारीको चाप बढेसँगै पुनः टाइमकार्डको ब्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।

सुर्खेत प्रहरीसँग समन्वय गरि टाइमकार्ड लागू गरिएको प्रहरी नायब उपरीक्षक भनाई छ । पहिलो चरणमा दैलेख सुर्खेत सडकखण्डमा टाइमकार्ड लागू गरिएको र लगत्तै कर्णाली राजमार्गमा पनि लागू गरिने ओलीले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटनाको जोखिम घटाउन टाइमकार्ड नियम लागू गरिएको हो । सवारीको गति नियन्त्रण अब यात्रुको चाप निगरानीमा कडाई गरिनेछ ।

आइतबार नारायण न.पा. १ स्थित बसपार्कमा जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्ला ट्राफीक प्रहरी कार्यालय दैलेखले यस जिल्ला भित्र रहेको दैलेख–सुर्खेत सडक खण्ड भित्रको सवारी आवागमनलाई प्रभावकारी र नियमकारी बनाउन सवारी दुर्घटना न्युनिकरण गर्ने, सवारीको गति सिमीतता दिने, क्षमता भन्दा बढी यात्रुहरु राख्न नदिने उद्देश्यका साथ यात्रुहरुको हित र सुरक्षाको लागी टाइमकार्ड लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तो छ टाइम कार्ड

 

प्रतिक्रिया