कोहलपुरमा प्रहरी र विद्यार्थीबीच झडप, प्रहरीले गर्यो हवाई फायर

काठमाडौँ । कोहलपुर त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि प्रहरी र विद्यार्थीबीच झडप भएको छ ।

ट्रकको ठक्करबाट बालिका गम्भीर घाइते भएपछि आक्रोसीत विद्यार्थीले नाराबाजी गरेर जिरोध प्रदर्शन गरेका गरिरहेका छन् । सो विद्यार्थीको प्रदर्शनमा प्रहरीले हवाई फायरसमेत गरेको छ ।

बालिकालाई ठक्कर दिने ट्रक पनि विद्यार्थीहरुले जलाएका छन् । विद्यार्थीहरुले प्रहरीमाथि पनि ढुंगामुडा प्रहार गरिरहेका छन् । प्राप्त जानकारी अनुसार विद्यार्थीहरुको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया