आठौँ म्यूजिक खबर म्यूजिक अवार्ड प्रज्ञा भवनमा सम्पन्न

काठमाडौँ । आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न भएको छ । शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न उक्त अवार्ड समारोहमा वरिष्ठ गीतकार किरण खरेललाई दीर्घ साधना सम्मान गर्दै म्यूजिक अवार्ड सम्पन्न गरिएको हो । गीतकार खरेललाई रू पच्चीस हजार पाँच सय ५५ नगद राशिसहित दीर्घ साधना सम्मान गरियो ।

त्यस्तै दशकको स्रष्टा सम्मानबाट संगीतकार आलोक श्री र लोक गायिका सिन्धु मल्ललाई सम्मान गरिनुका साथै युवा प्रतिभा सम्मानबाट अर्का लोक गायक नवीन पौडेललाई सम्मान गरियो । त्यसैगरी बाल प्रतिभा प्रोत्साहन सम्मानबाट बाल गायिका क्रिस्टिना श्रेष्ठलाई सम्मान गरियो भने वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई म्यूजिक खबर संगीत पत्रकारिता सम्मान प्रदान गरियो ।

त्यस्तै मोफसलबाट क्रियाशील रहेका रंग पत्रकार मणिराज गौतमलाई ‘म्यूजिक खबर मोफसल संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरियो । सो अवार्ड वितरण समारोहमा आधुनिक विधातर्फबाट गायिका मिना निरौला र गायक प्रमोद खरेल उत्कृष्ट गायक गायिका बने भने लोकदोहोरीतर्फ गायक कुलेन्द्र विक र गायिका लक्ष्मी मल्ल उत्कृष्ट गायक गायिका बन्न सफल भए । त्यसैगरी अवार्डमा चलचित्र विधातर्फ छक्कापञ्जा ३ ले ह्याट्रिक गर्न सफल भयो भने आधुनिक एल्बम ‘पञ्चामृत’ सर्वोत्कृष्ट बन्यो । शुभकामना मिडिया सोलुशनको आयोजना र म्यूजिक खबरको प्रस्तुतिमा सम्पन्न भएको उक्त अवार्डलाई ‘प्रभु पे’ले मुख्य प्रायोजन गरेको थियो ।

त्यस्तै अवार्ड प्राप्त गर्ने अन्य कलाकारहरुमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत ‘जननी जन्मभूमिश्च’ बाट रमेश दाहाल, सर्वोत्कृष्ट पप गायिकामा टीका प्रसाई ‘लुकी लुकी’ सर्वोत्कृष्ट पप गायकमा महेन्द्र रायमाझी ‘हेर यी आँखामा’, सर्वोत्कृष्ट पप संगीतकारमा आशिष अविरल ‘लुकी लुकी’, सर्वोत्कृष्ट पप गीतकारमा डीपी खनाल आँखामा गाजल’, उत्कृष्ट महिला गीतकारमा दाना श्रेष्ठ कादम्बरी ‘लैजाउन मलाई’, सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिकामा विन्दु परियार ‘पहिलो नम्बरमा छक्का पञ्जा ३,’ सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायकमा डेविट शंकर ‘पहिलो नम्बरमा छक्का पञ्जा ३’, सर्वोत्कृष्ट चलचित्र संगीतकार दिपक शर्मा ‘पहिलो नम्बरमा छक्कापञ्जा ३’, बाटै अवार्ड जित्न सफल भए ।

त्यस्तै सर्वोत्कृष्ट चलचित्र गीतकारबाट एकनारायण भण्डारी ‘जिन्दगी नै भन्दिनँ’ चलचित्र ए मेरो हजुर ३’, सर्वोत्कृष्ट लोकगीतबाट पुरुष अशोक मुकारुङ गीत ‘चैते दशैंलाई’, सर्वोत्कृष्ट लोकगीतबाट महिला कृष्णा परियार गीत ‘खबर पाइन’, सर्वोत्कृष्ट सांस्कृतिक गीतबाट हरिमाया गुरुङ र कृष्णमान श्रेष्ठ गीत ‘लमजुङ्गे ठाडो भाका’, सर्वोत्कृष्ट नव प्रतिभा महिला लोकदोहोरीबाट सुस्मिता घर्ती मगर गीत ‘आकाश रुन्छ’, सर्वोत्कृष्ट नवप्रतिभा पुरुष लोकदोहोरीबाटै देवानारायण मगर ‘आकाश रुन्छ’, सर्वोत्कृष्ट संगीत संयोजन लोकदोहोरीबाट जुजु गुरुङ गीत ‘माया गर्थें मैले,’ सर्वोत्कृष्ट मिक्सिङ लोकदोहोरीबाट मानबहादुर बराल गीत ‘बोल माया’, सर्वोत्कृष्ट शब्द लोकदोहोरीबाट रमेश बिजी गीत ‘छोरो अमेरिका छ’, सर्वोत्कृष्ट संगीतकारबाट लोकदोहोरीबाट वसन्त थापा गीत ‘लोभी आँखा’, सर्वोत्कृष्ट गायिका लोकदोहोरीबाट लक्ष्मी मल्ल गीत ‘लोभी आँखा’, सर्वोत्कृष्ट गायक लोकदोहोरीबाट कुलेन्द्र बिश्वकर्मा गीत ‘सालको पातको टापरी’, सर्वोत्कृष्ट दोहोरी गीतबाट प्रकाश सपुत गीत ‘गलबन्दी च्यातियो’ बाट अवार्ड प्राप्त गरे ।

सोही अवार्ड वितरण समारोहमा सर्वोत्कृष्ट मोडल पुरुष लोकदोहोरीबाट सन्दिप न्यौपाने गीत ‘लालुमै’, सर्वोत्कृष्ट मोडल महिला लोकदोहोरीबाट अन्जली अधिकारी गीत ‘पान खायो मायाले’, सर्वोत्कृष्ट निर्देशकमा लोकदोहोरीबाट स्मृति तिमिल्सिना गीत ‘अभाव’, सर्वोत्कृष्ट गजल गीतमा लोकराज अधिकारी गीत ‘भए पनि अफगान’, सर्वोत्कृष्ट नवप्रतिभा पुरुषमा सुगम संगीतबाट आशिष सचिन गीत ‘पिरिम नलाउने’, सर्वोत्कृष्ट नवप्रतिभा महिलामा सुगम संगीतबाट बेनिशा पौडेल गीत ‘आँखैमा लाउने’, सर्वोत्कृष्ट संगीत संयोजनमा सुगम संगीतबाट उदयराज पौडेल गीत ’मेरो भागको खुशी’, सर्वोत्कृष्ट ध्वनि सम्पादकमा सुगम संगीतबाट किशोर थापा गीत ‘धनले होइन मनले’, सर्वोत्कृष्ट मोडल महिलामा सुगम संगीतबाट विनु शाक्य गीत ‘नाकैको टुप्पोमा’, सर्वोत्कृष्ट मोडल पुरुषमा सुगम संगीतबाट बिनोद न्यौपाने गीत ‘सलल बगेको पानी,’ सर्वोत्कृष्ट छायांकनमा सुगम संगीतबाट राजेश घिमिरे गीत ‘त्यो रात बिर्सन, सर्वोत्कृष्ट भिडियो सम्पादकमा सुगम संगीतबाटै विष्णु शर्मा गीत ‘त्यो रात बिर्सन’ बाट अवार्ड प्राप्त गरे ।

त्यस्तै सर्वोत्कृष्ट भिडियो निर्देशकमा सुगम संगीतबाट प्रकाश धिताल गीत ‘म निदाएसी आयौ’, सर्वोत्कृष्ट युगल गायनबाट टीका प्रसाईं र सञ्जीव पराजुली गीत ‘कर्के नजर’, सर्वोत्कृष्ट गीतकारमा सुगम संगीतबाट अर्जुनरत्न भिखारी गीत ‘धनले होइन मनले’, सर्वोत्कृष्ट संगीतकारमा सुगम संगीतबाट ज्योति प्रकाश गीत ‘विन्ती छ मलाई’, सर्वोत्कृष्ट गायिकामा सुगम संगीतबाट मिना निरौला गीत ‘देउरालीको फूल’, सर्वोत्कृष्ट गायकमा सुगम संगीतबाट प्रमोद खरेल गीत ‘यो कुरा गोप्य’, सर्वोत्कृष्ट एल्बममा सुगम संगीतबाट अर्जुनरत्न भिखारी गीत ‘पञ्चामृत’, सर्वोत्कृष्ट गीतमा आधुनिक–पपबाट महेश काफ्ले गीत ‘नाच फिरिरि’, इन्करेजमेन्ट अवार्डबाट चिरञ्जीवी भण्डारी गीत ‘तिम्रो मायाले’, त्यस्तै अर्को इन्करेजमेन्ट अवार्डबाट किस्ना आचार्य गीत ‘बासना’, पब्लिक च्वाइसमा राजेश बर्देवा गीत ‘फल मीठो’, त्यसैगरी जुरी अवार्डमा प्रकाश गुरुङ र शर्मिला गुरुङ गीत ‘माथी है लेकमा’ र पपुलर अवार्डबाट निर्देशक तथा मोडल शंकर बिसीले गीत ‘पान खायो मायाले’ बाट मुजिक अवार्ड जित्न सफल भए ।

अवार्ड वितरण समारोहमा म्युजिक खबरका अध्यक्ष सुमन पण्डितले सबै कलाकारहरुको माया र हौसलाले आठौँ प्रभु पे म्युजिक खबर म्युजिक अवार्डसम्म आई पुग्न सफल भएको र कलाकारहरुकै उर्जा र प्रोत्साहानको लागि अवार्डको आयोजना गरिएको बताए । उनले ४० विधामा टप फाइभ भित्र पर्ने जुन कलाकारले अवार्ड जिते पनि नेपाली सांगीतिक जगतले जित्ने दाबी गरे ।

प्रतिक्रिया