रासायनिक मल भित्रिन सुरू

वीरगञ्ज । हिउँदे बालीका लागि आवश्यक रासायनिक मलको अभाव हुन नदिन सरकारले वीरगञ्ज नाकाबाट नेपालका लागि डिएपी मल भित्र्याउन सुरू गरेको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । गहुँ, तोरी, मसुरोलगायत रवि बालीको खेती सुरू हुनु एक महिनाअगाडि नै सरकारले चीन तथा ओमानबाट आयात गरेको रासायनिक मल वीरगञ्ज नाकाबाट नेपाल भित्रिन सुरू भएको छ ।

ग्लोबल टेन्डरमार्पmत सरकारले हिउँदे बालीका लागि खरिद गरेको ४५ हजार मेट्रिक टन डिएपी र ६० हजार मेट्रिक टन युरिया मलको पहिलो खेप वीरगञ्जको श्रीसिया सुक्खा बन्दरगाहमा आइपुगेको सो कार्यालयले जनाएको छ । भारतको कोलकाता बन्दरगाहबाट रेलमार्पmत् पहिलो खेपमा २ हजार ५ सय मेट्रिक टन डिएपी मल श्रीसिया सुक्खा बन्दरगाहमा पुगेको कृषि सामग्री कम्पनी लिमिटेड वीरगञ्जले जनाएको छ ।

पाँच महिनाअगाडि नै ग्लोबल टेन्डरमार्पmत् खरिद गरिएको मल नेपाल भित्रिन सुरू भएकोे हो । एक महिनाभित्र पूरै मल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश–२ का प्रबन्धक गोविन्दप्रसाद पराजुलीले बताए । आयात हुन लागेकोमध्ये विराटनगर वितरण केन्द्रका लागि युरिया १२ हजार ५ सय मेट्रिक टन, डिएपी ११ हजार मेट्रिक टन सडकबाट र वीरगञ्ज तथा भैरहवा वितरण केन्द्रका लागि ८१ हजार ५ सय मेट्रिक टन मल रेलबाट नेपाल भित्रिने कृषि सामग्री कम्पनीले जनाएको छ । आयात भएको मलमध्ये वीरगञ्ज वितरण केन्द्रलाई युरिया २५ हजार मेट्रिक टन, डिएपी १७ हजार ५ सय मेट्रिक टन र भैरहवाका लागि युरिया २२ हजार ५ सय मेट्रिक टन, डिएपी १६ हजार ५ सय मेट्रिक टन छुट्याइएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

प्रतिक्रिया