ग्लोबल आइएमर्ई र जनता बैँक एकीकृत

काठमाडौं । निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैँक ग्लोबल आइएमर्ई बैँक र जनता बैँक एकीकृत भएका छन् । वाणिज्य बैँकलाई गाभ्ने तथा प्राप्ति नीति (बिग मर्जर)अन्तर्गत ती दुई ठूला बैँक शुक्रबारदेखि एकीकृत भएका हुन् । चालू आव २०७६÷७७ को बजेटमा वित्तीय संस्थाको सबलीकरणका लागि एकीकरण तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । अब ग्लोबल आइएमर्ई बैँक पूँजी, व्यवसाय, शाखा सञ्जालसमेतका दृष्टिकोणले नेपालको ठूलो बनेको छ । बैँकको चुक्ता पूँजी करिब १९ अर्ब, कुल निक्षेप दुई खर्ब १३ अर्बभन्दा बढी र कुल कर्जा एक खर्ब ९४ अर्ब पुगेको छ ।

सबै प्रदेश तथा ७७ वटै जिल्लामा ३०० भन्दाबढी शाखा र तीन हजार २५० भन्दाबढी कर्मचारी रहनुका साथै बैँकका २५९ एटिएम, २४३ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर एवं तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित जम्मा ८४० आउटलेटस् रहने छन् । बैँकको शुभारम्भ गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले मुलुकको अर्थतन्त्रको संरचनालाई परिवर्तन गर्न लागेकोे जानकारी दिँदै मर्जरले वित्तीय क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । उनले भने, ‘आगामी दिनमा पनि तपाईंहरूको क्षमता र दक्षताको सदुपयोग गरेर अघि बढ्नुहोला । अल्पकालीन मात्र नभई मध्यकालीन र दीर्घकालीन लगानी थप आवश्यक छ ।’

अर्थमन्त्री डा.खतिवडाले बैँकले ठूलो आकार ग्रहण गरिरहँदा मुलुकका ठूला परियोजनामा लगानी वृद्धि भई उद्योग, व्यवसायको पनि आकार बढ्ने चर्चा गर्दै यसले अर्थतन्त्रलाई चलायमान बनाउने र देशको समुन्नति हुने विश्वास व्यक्त गरे । उनले भने, ‘तीव्र आर्थिक वृद्धि भएका देशको सूचीमा नेपाल परेको छ । लगानीको वातावरण बनेको छ ।’ नेपाल राष्ट्र बैँकका गभर्नर डा.चिरञ्जीवी नेपालले पूँजी सञ्चयका हिसाबले बैँक ठूलो वित्तीय संस्था भएकाले उल्लेख गर्दै निक्षेपकर्ताको अपेक्षा पूरा गर्न ध्यान दिन आग्रह गरे । उनले भने, ‘नेपाल राष्ट्र बंैकको नीतिको पालना गरी अन्य बैँक तथा वित्तीय क्षेत्र पनि मर्जरमा जानुपर्छ, यस क्षेत्रमा देखिएका जोखिम व्यवस्थापन गर्न ध्यान दिनु पर्छ ।’

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योगी पवन गोल्यान लगायतले दुवै बैँक मर्जर गरी एउटै संस्था हुँदा लगानी वृद्धि तथा रोजगारीका अवसरसमेत वृद्धि हुने विश्वास व्यक्त गरे । ग्लोबल आइएमर्ई बैँकले यसअघि विभिन्न १० वटा बैँक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरिसकेको थियो । जनता बैँक नेपाल लिले आठ वटा बैँक तथा वित्तीय संस्थालाई मर्जर एवं प्राप्ति गरेका थियो । बैँकको घोषित नीतिअनुरुप खुद्रा तथा मझौला कर्जा बिस्तारमा विशेष महत्व दिनुका साथै नेपाल राष्ट्र बंैकको निर्देशनअनुरुप विपन्न क्षेत्र साथै तोकिएको उत्पादनशील क्षेत्रमा हुने कर्जा प्रवाहलाई प्राथमिकतामा राखिने बैँकले जनाएको छ । कर्जामा नीहित जोखिम न्यूनीकरणका लागि कर्जा मिश्रणमा विशेष ध्यान दिइने लक्ष्य राखेको बैँकले राखेको छ । साथै यसको पहिचानलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन प्राथमिकतामा राखेको बैँकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

ग्लोबलले जनता गाभेपछि बाणिज्य बैँकको संख्या २७ मा झरेको छ । ग्लोबलसँग अहिलसम्म १० संस्था गाभिएका छन् भने जनतासँग ६ वटा। कुल १८ वटा संस्था गाभिएपछि ग्लोबल आइएमइ देशकै ठूलो बैँक बनेको छ। जनता गाभिएपछि ग्लोबलको पूँजी कोक्ष २४ अर्बको पुगेको छ । बैँकको कुल निक्षेप २१७ अर्ब छ भने ऋण १९४ अर्ब पुगेको छ । बैँकका ३०० हाराहारी शाखा, २९५ एटिएम र ३३ एक्सटेन्सन काउन्टर छन्। बैँकका तीन देशमा प्रतिनिधि कार्यालय छ भने ३२ सय कर्मचारी पुगेका छन । जनता र ग्लोबल आइएमइबीच गत असार २० गते मर्जरमा जाने सहमति गरेको थियो भने मंसिर २० गते एकिकृत कारोबार गरेको छ ।

प्रतिक्रिया