सानिमा बैंकले ल्यायो बिशेष छुट योजना

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफनो १५ औं बार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकलाई ‘अफर सानिमा बैंकको, रोजाई तपाईको’ नामक योजना ल्याएको छ । यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट प्रदान गर्ने छ । बैंकले नयॉ तथा पुराना ग्राहकलाई लक्षित गरी ल्याएको यो योजना २०७६ मंसिर २० देखि तीन दिनको लागि लागु हुनेछ ।

यो योजना अन्तर्गत बैंकको डिजिटल सेवाहरु जस्तै डेविट कार्ड, क्रेडिट कार्ड, ट्राभल् कार्ड, प्रायोरीटिपास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै विभिन्न रेष्टुरेन्ट तथा विधुतिय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको हाल ७९ शाखा, १ एक्टेन्सन काउन्टर र ७५ एटिएम रहेका छन ।

प्रतिक्रिया