रानीनगरमा एनआईसीको शाखारहित सेवा

काठमाडौं । ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै आएको एनआईसी एशिया बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका ७ रानीनगरमा ४४औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ सेवाको उद्घाटन विनयी त्रिवेणी गाउँपालिका ६ का वडा अध्यक्ष प्रितम गुरुङ र वडा ७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्रीले गरे ।

उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा अनिता थापालाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । बैंकले हाल मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९९ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया