कर्णाली प्रदेशकै पहिलो अर्गानिक महोत्सवको तयारी पुरा

कालीकोट । होम स्टेलाई प्रमोट गर्न, गाउँपालिका भित्रका स्थानिय कलाको संरक्षण गर्न, स्थानियलाई अर्गानिक कृषि खेतिमा अग्रसर गराउन, पुराना संकृतिलाई जगेर्ना गराउने उद्देश्यले कर्णाली प्रदेशकै पहिलो अर्गानिक महोत्सवको सुरुवाती शुभकालिकामा गरिएको छ ।  कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाको राराकाटियामा हुने अर्गानिक महोत्सवको सम्पुर्ण तयारी पूरा भएको छ ।

नेपाल पर्यटन वर्ष २०२० प्रति लक्षित कर्णाली पर्यटन वर्ष २०७६ लाई सफल पार्न महोत्सवको आयोजना गरिएको हो । कृर्षि, खानी पर्यटन र पुर्वाधार, समृद्ध शुभकालिकाको आधार भन्ने मुलनारालाई सार्थक बनाउन जिल्लाकै पहिलो अर्गानिक महोत्सवको सुरुवाती गरिएको महोत्सव मुल समारोह समिति संयोजक खडानन्द अधिकारीले बताए ।

महोत्सवमा स्थानिय खाना, सिस्नोको तरकारी, अल्लाको कपडा, माटाका भाडाहरु, चइचच्चु तथा रोटेपिंङ, चित्रकला प्रर्दशनी लगाएतका स्थानिय अर्गानिक सामानहरुको प्रर्दशनी गरिने सहयोगी संस्था हुरुन्डेक नेपालका अध्यक्ष जजराज शाहीले बताए । महोत्सवको उद्घाटन गर्न कर्णाली प्रदेश सरकारका उद्योग बन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाको उपस्थित रहने छ ।

कर्णाली प्रदेशका स्थानिय तहबाट पनी अर्गानिक महोत्सव हेर्न आउनेको घुइचो लागिरहेको कर्णाली प्रदेश सरकारका माननिय कुर्मराज शाहीले बताए । शाहीका अनुसार आफु कार्यक्रम स्थलमा विहिबार नै पुगिसकेको र अन्य अथितिहरु शुक्रबार विहान १० वजे पूग्नेछन् । कालीकोटका ९ वटा स्थानिय तहका जनप्रतिनिधीहरु पनी विहिबार राती राती सम्म कार्यक्रम स्थलमा पुग्ने गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँइले बताए ।

कार्यक्रममा मारुनी नाँच, हुड्के नाच, तरबार नाच, घोडा नाँच, विशेष देउडा खेल, झोडा मागल, हास्य ब्यंग्य प्रस्तुती लगाएतका स्थानिय स्तरमा पाइने अन्य कलाहरु देखाइने महोत्स मूल समारोह समिति संयोजक खडानन्द अधिकारीले जानकारी दिए । महोत्सवमा चर्चिच हाँस्यकलाकार हस्त चौलागाँई (त्रिकाल) र किरण अधिकारी (एच के जो डी)को वेजोड प्रस्तुती रहने पनी आयोजक समितिले जनाएको छ । महोत्सव मंसिर २० गते देखि २२ गते सम्म सञ्चालन हुनेछ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया