फिदिम नगरले बाड्यो अनुदानमा घाँसको बिउ

पाँचथर । फिदिम नगरपालिकाले किसानलाइ अनुदानमा हिउदे घाँसको बिउ बितरण गरेको छ । जै र मोलाया जातको बिउ पचास प्रतिसत अनुदानमा बितरण गरीएको फिदिम नगर वडा नम्बर दूइ का वडा अध्यक्ष सुकपाल तुम्वापोले जनाए । नगरले किसानहरुलाइ राहातका लागी यो बर्ष निःशुल्क नभई अनुदानमा बितरण गरीएको पशुपंक्षी विकास शाखा अधिकृत तिर्थराज मिश्रले बताए ।

नगरले सबै वडाहरुमा वडा बाटै बिउ बितरणहुने गरी प्रावधान मिलाइको छ । नगरले उन्नतजातको बिउ खरिदका लागी एक लाख चालिस हजार रकम विनियोजन गरेकोमा खरिदमा बिउअभाव भएकाले माग बमोजिम बितरण गर्न नसकिएको मिश्रले जनाए । बिउ अभावले कुल रकम मध्ये एक लाख नौहजारको बिउ आयात भएको हो मिश्रले भने । अरु बाँकी रकम को बिउ पाए जै जातकै ल्याउने, नपाए बर्खे घाँस तथा सुडान जातको ल्याएर बितरण गरीने भएको जानकारी दिए । हाललाइ ३० क्विन्टल आउनु पर्नेमा बाँइस क्विन्टल मात्र आएकाले कृषकलाइ मिलाएर बितरण गरीएको अधिकृत मिश्रले जनाए ।

यता व्यवसायीक पशु किसान भने बिउ जोख्ने क्रममा असन्तुष्टि पोख्दै थिए । अनुदान भन्ने, चाहेको जती नपाइने, किसानलाइ राहत नभएको चादनि गाइफार्म सञ्चालक किसान रमा पौडयालले गुनासो पोखिन ।

अघिल्लो बर्षमा जिल्लापशु कार्यालयले निःशुल्क बितरण गरेकाले नगरमा ५० प्रतिशत छुटमा बिउ लिन भिडन लागेको जनाइएको छ । पशुबाट निःसुल्क पाएको बिउ घरमा लगेर पोकैमा थन्काउने र दरुुपयोग भएकाले खाटी किसानले मात्र लैजानका लागी वडाको कुपन मार्फत बितरण गरीएको वडाअध्यक्ष सुकपाल तुम्वापोले जनाए ।

नगरले व्यवसायिक पशु किसानका लागि पाँच केजिका दरले र मजौला किसानलाइ दूइ केजिका दरले प्रतिकेजी पैतिस रुपैयाँ अनुदानमा बिउ बितरण गरिएको पाइएको छ । बजारमा भने प्रतिकेजी ७० रुपैमा त्यहि बिउ बिक्रि बितरण गरेको पाइन्छ ।

प्रतिक्रिया