उसुमा हमाललाई स्वर्ण

काठमाडौं । उसुका दीपक हमालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका छन् । थाउलोको नानगुन अलराउन्डमा भारतका साजन लामालाई उछिन्दै दीपकले स्वर्ण जितेका हुन् ।  लगनखेलस्थित आर्मी कर्भडहलमा दोस्रो दिन दीपकले १९ दशमलव ३२ स्कोरसहित स्वर्ण जिते । दीपकको स्वर्णसँगै उसुतर्फ स्वर्ण जित्ने संख्या तीन पुगेको छ । यसअघि नेपालले हिजो सुरु भएको उसुमा २ स्वर्ण जितेको थियो । जसमा विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका थिए ।

यसैबीच नतिजामा आपत्ती जनाउँदै आयोजक नेपाल र भारतीय उसु टोलीका खेलाडी, अफिसियलले विरोध गर्दा खेल ३० मिनेट प्रभावित भएको थियो ।  पुरुष थाउलोमा श्रीलंकाका खेलाडीले स्वर्ण जितेपछि त्यसको विरोधमा आयोजक नेपाल र भारतका खेलाडीले म्याटमै धर्ना बसेपछि खेल प्रभावित भएको हो ।  ३० मिनेटसम्म पनि म्याटमै बसेपनि प्रहरीले उनीहरूलाई हटाएपछि खेल सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया