सिमरन र निश्चललाई रनवे ड्रिम्स उपाधि

काठमाडौं । ‘रनवे ड्रिम्स २०१९’ को शीर्ष उपाधि सिमरन चौधरी र निश्चिल न्यौपानेले हात पारेका छन् । सिमरनले ८ प्रतियोगिलाई पछि पार्दै केटीतर्फ र निश्चलले १९ प्रतियोगिलाई पछि पर्दै केटातर्फको उपाधि जितेका हुन् ।

दुवै विजेताले नगद एक लाख बराबरको विभिन्न अवसरका प्याकेज उपहार प्राप्त गरे । ड्रिम्स इन्टिच्युट अफ मोडलिङ फेसनको आयोजनामा थापाथलीस्थित ब्लुस्टार इभेन्टस्मा भएको प्रतियोगितामा केटीतर्फ दिव्या शाह फस्ट रनरअप र रीना गर्सियता सेकेन्ड रनरअप चुनिँदा केटातर्फ मनोजमान फस्ट रनरअप र आभाष भट्टराई सेकेन्ड रनरअप घोषित भए ।

फेसनमय वातावरणमा आयोजना गरिएको प्रतियोगितामा गायक निर्णय श्रेष्ठ, मिसेज इन्टरनेसनल हेरिटेज २०१९ दुर्गा बिसुराल, ब्युटिसियन सिता न्यौपाने पाठक, म्याहन्ट विजेता धु्रव बुढाथोकी, फेसन डिजाइनर गोमा तिवारी, केज फिटनेस अनर उज्ज्वलकृष्ण श्रेष्ठ र सञ्चारकर्मी सिर्जना दुवाल निर्णायक रहेका थिए ।

प्रतियोगिता युवायुवतीलाई उत्कृष्ट प्रशिक्षणसहित भविष्यमा मोडलिङ र फेसनको जुनसुकै क्षेत्रमा पनि सक्षमरूपमा अगाडि बढाउने लक्ष्यका साथ आयोजना गरिएको आयोजक ड्रिम्स इन्टिच्युट अफ मोडलिङ फेसनकी सिइयो मन्जु ढकालले बताइन् । उनले उज्वल भविष्य निर्माणमा युवायवतीलाई सक्षम बनाइ लक्ष्यप्राप्तिका ड्रिम्स प्रतियोगिता आयोजना गरिएको जिकिर गरिन् ।

डा.नवीन शाह निर्देशक रहेको सौन्दर्य प्रतियोगितामा फोटोजेनिक दिव्या शाह तथा कृतज्ञ थापा, मोस्ट पपुलर सुस्मा थापा र सरोज राई, बेस्ट वाक रीना गर्सियत, मनोजमान, बेस्ट फ्रेण्डसिप प्रशान्त शाह, बेस्ट स्क्रिन अनुप श्रेष्ठ र रीना प्रधान, बेस्ट इस्टाइलिस निश्चल न्यौपाने र रचना कार्की, बेस्ट फिजिक सुनिल राई तथा सिमरन चौधरी भए । त्यस्तै, बेस्ट ट्यालेन्ट रोसन सुनाम, रन्जना कठायत, बेस्ट फर्सनालिटी राजेन्द्र महता, रीना गर्सियत घोषित भए ।

गायक राजबाबु नेपालको गीत, रुपा राउतको नृत्यसहित सांगीतिक माहोलमा सम्पन्न प्रतियोगिताको सञ्चालक तथा कोरियोग्राफर रोजिन शाक्य रहेका थिए भने थेन्दुप शेर्पा ग्रुमर पर्सनालिटीका रूपमा रहेका थिए ।

प्रतिक्रिया