डीएसपी ढुंगेललाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ । लुटपाट तथा चोरी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेललाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । डीएसपी ढुंगेललाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो ।

ढुंनेललाई पक्राउ गर्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै जिल्ला अदालतले बुधबार आदेश दिएको हो । गत चैत २६ गते रानीबारीको एक घरमा भएको लुटपाट तथा चोरी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो ।

प्रतिक्रिया