गोपी कृष्ण हलमा चलचित्र ‘अधुरो प्रेम कहानी ‘ को प्रथम शो

काठमाडौँ । चलचित्र ‘अधुरो प्रेम कहानी ‘ को प्रेस शो गरिएको छ । उक्त शोमा दर्शकहरुको निकै भिड लागेको थियो । चलचित्र हेरेर दर्शकहरु आँखा भरी आँशु लिएर बाहिरिए थिए । सोमबार हलमा प्रथम प्रेस शो गरिएको हो । सोही क्रममा दर्शकहरुको निकै भिड देखियो ।

पछिल्लो समयमा बनेको उक्त चलचित्र अन्य नेपाली चलचित्र भन्दा केही फरक रहरेको बताइउको छ । परिवार र गाउँटोल छर छिमेकमा घटेको घटनालाइ जस्ताको त्यस्तै कथामा उतारीएको चलचित्र निमार्ण समितिले जनाएको छ ।

उक्त चलचित्रको निर्देशक मिलन श्रेष्ठ, निर्माता माया लामा, सहायक निर्माता अनिल लामा रहेका छन् भने मुख्य कलाकारहरु अनिल लामा ,अनिता पराजुली ,सितल केसी ,दिपक रिमाल ,सारदा गिरी (काली बुढी), शर्मिला शर्मा छन् । त्यस्तै चलचित्रको गीतमा संगीत अनिल लामा र मनिराज काफ्लेको रहेको छ । त्यसैगरी शब्द मनिराज काफ्ले र सांगे बोलोंन को रहेको छ ।

गायक गायिका छन् अनिल लामा, दीपा लामा, सुरेश लामा, मनिराज काफ्ले ,मिलन अमात्य र मेलिना राईको रहेको छ । चलचित्रमा अर्को बलियो भाग भनेको गीत संगीत पाटो पनि पनि मानेको छ चलचित्र दर्शकहरुले हेर्दा गीत संगै हुट्टिङ्ग र सुसेली समेत गुञ्जिएको थियो । त्यस्तै चलचित्रमा बिनोद सापकोटाको छायांकन रहेको छ भने मेकअप रबि केसी, फेशन डिजाईनर सम्झना बुढाथोकिको रहेको छ ।

प्रतिक्रिया