हरियो सुनको जिल्ला इलाम

नेपालको पूर्वमा रहेको मेची अञ्चलको एक रमणीय जिल्ला हो इलाम, यो अति नै सुन्दर पहाडी जिल्लामा पर्छ । २६ डिग्रीदेखि २७ डिग्री उत्तरी अक्षांश र ८७ डिग्रीदेखि ८८ डिग्री पूर्वी देशान्तरमा फैलिएको यो जिल्लाको पूर्वमा भारतको दार्जलिङ जिल्ला पश्चिममा पाँचथर र धनकुटा, उत्तरमा पाँचथर र दक्षिणमा झापा जिल्ला पर्दछ । कुल क्षेत्रफल १ हजार ७ सय ३ वर्गकिलोमिटर रहेको यो जिल्ला समुन्द्र सतहदेखि लगभग १ सय ४० मिटरदेखि ३ हजार ६ सय ३६ मिटरसम्मको उचाइमा रहेको छ । जिल्लाको दक्षिणी भागमा अवस्थित मैदानी भागहरूमा गृष्म ऋतुमा निकै गर्मी हुन्छ भने उत्तरी भागका कतिपय स्थानहरूमा ० डिग्री सेल्सीयससम्म तापक्रम हुँदैछ ।

माई, जोगमाई, पुवामाई र देउमाई लगायतका खोलाहरूले सिंचित यो जिल्लामा समशितोष्ण मनसुन प्रकारको हावापानी पाइन्छ । विविध जाति भाषा, संस्कृति र धर्मले भरिएको यो जिल्ला जैविक विविधताको क्षेत्रमा पनि प्रसिद्ध छ । मुख्य धर्ममा हिन्दु, बौद्ध अनि किँरात हुन् भने ब्राम्हण, क्षेत्री, गुरुङ, राई, लिम्बु, तामाङ, मगर, लेप्चा, नेवार आदि यहाँका मुख्य जाति हुन् ।

यहाँको मुख्य पेसाको रूपमा कृषिअन्र्तगत धान, मकै, गहुँ, आलु, चिया, अलैंची, अदुवा आदि नगदेबालीहरूले इलामेलाई समृद्ध बनाएकोक छ । रोपाई जात्रा, गाईजात्रा, धाननाच, चण्डीनाच आदि यहाँका प्रमुख जात्रा र पर्व हुन भने माईपोखरी पाथिभरा, गजुरमुखी, पञ्चकन्या, नारायणस्थान आदि मुख्य धार्मिक केन्द्र हुन् ।

यस जिल्लाको पर्यटकीय स्थलहरूमा सन्दकपुर, माइपोखरी, श्रीअन्तु, पाथिभरा, कन्याम, गजुमुखी, सिद्धिथुम्का आदि प्रसिद्ध छन् । चियाखेतीबाहेक छ ‘अ’ का कारण इलामेहरूको आर्थिक अवस्था सुदृढ बन्दै गएको छ । छ अ मा अम्रिसो (कुचो), अलैँची, अकवरे खुर्सानी, अदुवा, ओलन (दूध) र अतिथि सत्कार पर्दछन् । प्रत्येक वर्ष मंसिर पुष महिनामा गरिने सिद्धिथुम्का महोत्सव, श्रीअन्तु महोत्सव, सन्दकपुर महोत्सवजस्ता कार्यक्रम र पर्वमा हजारौं स्वदेशी र विदेशी पर्यटकहरू इलाम पुग्छन् ।

हरियो सुनको जिल्ला भनी चिनिने सुदूरपूर्वको इलाम जिल्ला चियाखेतीको लागि प्रसिद्ध मानिछ । प्राकृतिक सुन्दरताको धनी इलाम घुम्न जाने आन्तरिक र बाह्य पर्यटकको पहिलो गन्तब्य बनेको छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि प्रसिद्ध ठाउँहरू श्रीअन्तु, सिद्धिथुम्का र सन्दकपुर पर्यटकहरूको प्रमुख गन्तव्य हुुन् । चौरीको शुद्ध दूधबाट बनेका छुर्पी, ललिपप अनि नेपालको इलाममा मात्र बनाइने बम्बैसन (दूधबाट बनाइएको एक प्रकारको मिठाई जनु यहाँको गुँदपाकभन्दा स्वादिलो हुन्छ) । हरियो चियापत्ती अमादि पर्यटकलाई इलाम घुमेर फर्किदा कोसेली स्वरूप नलिई पठाउँदैनन् इलामेहरू । अतिथि देवो भवः भन्ने मूलमन्त्रलाई इलामेहरूले राम्ररी आत्मसाथ गरेका छन् । तीर्थाटन र प्राकृतिक सुन्दरताको अवलोकन गर्न इलाम पुगेका पर्यटकहरू कन्याम र इलामको चियाबारीमा लुकामारी खेल्दै यो गीत गुनगुनाउँछन् । चियाबारीमा हो चियाबारीमा ………..

सूर्योदयको अवलोकनका लागि कुनै बेला चर्चामा रहेको इलामको सुन्दरता चियाबारीले थपेको छ । अनि विम्ब बनाएर प्रशस्त लेखिएका छन् सुन्दर साहित्य । कर्णप्रिय संगीतसहितको गायन । मनोरम देखिने त्यो चियाबगान । एकनासका चियाका बोट । बगानभित्र देखिने नागबेली बाटो । यही चियाबारीले इलामलाई आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनाएको छ । नव विवाहित जोडीका लागि हनिमुन गन्तव्य पनि हो इलाम । इलामको पूर्वमा भारतको पर्यटकीय गन्तव्य दार्जिलिङ पर्छ । लिम्बू भाषाको र (घुमाउरो) र लाम (बोटो) बाट इलामको नाम रहेको भनाइ छ । त्यसो त, वैवश्वत राजाकी छोरी इलाले राज्य गरेको हुनाले इलाम नाम रहेको पनि भन्ने गरिन्छ । जेभए पनि इलाम सांस्कृतिक विविधता भएको क्षेत्र हो । नाचगानका अतिरिक्त प्राकृतिक सौन्दर्यले इलामलाई आकर्षक बनाएको छ । यहाँ तामाङ, लेप्चा, मगर, गुरुङ, थामी, याख्या, कुमाल, क्षेत्रीबाहुन लगायतको सांस्कृतिक पक्ष हेर्न पाइन्छ ।

इलाममा साना ठूला गरी पचासौं चिया फ्याक्ट्री र करिब २० वटा चीज फ्याक्ट्री छन् । अहिले आधुनिक हिसाबले छुर्पी बनाएर कुकुरको आहारका रूपमा अमेरिका पठाउने उद्योगले पनि धेरैलाई रोजगारी दिएको छ (त्यो हामीले खाने छुर्पीभन्दा केही फरक हुन्छ) । फिक्कलबाट इलाम बजारतिर लाग्दा चार किलोमिटर पूर्वमा पञ्चकन्या देवीको मन्दिर छ । तीनघरे बजार हुँदै इलामबजारतिर लागिन्छ । भालुखोपभन्दा पर्तिरबाट सुरु हुन्छ १२ वटा चिम्टी घुम्तीको लहरो । अनि गोदक हुँदै माई खोला पुगिन्छ

सजिलो गरी देशदर्शन गर्न चाहनेहरूको एउटा आकर्षक गन्तव्य हो, इलाम । मध्य पहाडी क्षेत्रको यातायातको राम्रो सुविधा भएको इलाम घुम्नका लागि कुनै आँट गरिरहनु पर्दैन । दूरीअनुसार लाग्ने गाडीभाडा बाहेक पोखरा, चितवन वा लुम्बिनी घुम्न जति खर्च र समय लाग्छ त्यति भए इलाम पनि घुमिन्छ । कतै घुम्न जाने योजना बनाउनुअघि नै त्यहाँ किन जाने ? भन्ने बारेमा आफू स्पष्ट हुनपर्छ ।
इलाम सुदुरपूर्वको चियाखेती हुने, वर्षभरि हरियाली रहने, विभिन्न किसिमका नगदेबालीका कारण किसानका हातमा पैसा परिरहने दार्जिलिङको सगंतले पहिल्यैदेखि शिक्षादीक्षामा अगाडि रहेको जिल्ला पनि हो । यात्रामा शरीरभन्दा अघिअघि कुद्ने त मनै हो । मनले ने राम्रो सोचेपछि शरीरले त्यसैले पछ्याउँछ । झापाबाट इलाम चढ्ने बितिक्कै कोल्बुङ डाँडामा उभिएर तलतिर हेर्दा झापाहुँदै आफू आएको बाटो देख्न सकिन्छ ।

यहाँ अनुभव हुने अर्को कुरा हो, झापाबाट मात्र १२–१५ किलोमिटरको दूरीमा फेरिने हावापानी । कुटीडाँडाबाट इलामको पाथीभरा देवीको मन्दिर जाने सिंढी उकलिन्छ । आफ्नो धार्मिक विश्वास अनुसार मन्दिर जानु आफ्नै ठाउँमा छ । तर, माथि चढ्दा देवीको दर्शन मात्र नभएर सुन्दर र विविधतापूर्ण प्राकृतिक आनन्द पनि लिन सकिन्छ । मेची राजमार्गले भेट्ने इलामका हाट लाग्ने बजार हरक¤े (मगंलबार), फिक्कल र इलाम बजार (बिहिबार), तीनघरे र इलाम बजार (आइतबार) र पशुपति नगर (सोमबार) हुन् ।

यस्तै, कन्याम आन्तरिक पर्यटकहरूले सबभन्दा धेरै फोटो खिच्ने र फोटोबाट चिनिने नेपालका प्रमुख ठाउँहरू मध्येमा एउटा हो । कन्याम २०२७ सालमा स्थापित, पहाडी क्षेत्रको सबभन्दा ठूलो (४ सय ६० हेक्टरको) चियाबगान हो । कन्यामबाट तीन किलोमिटर अगाडि गएपछि छिपिटार पुग्न सकिन्छ त्यहाँबाट अन्तुडाँडातिर जाने बाटो फाट्छ । ११ किलोमिटर परेको अन्तुडाँडाको सूर्योदय हेर्नका लागि प्रसिद्ध ठाउँ हो ।

नजिकै पूर्वतिर अग्ला डाँडा नभएकाले अन्तुबाट सूर्याेदयको दृश्य फरक देखिएको हो । सूर्योदय नै हेर्न अन्तु जाने हो भने कात्तिक मंसिरमा यात्रा मिलाउनु राम्रो हुन्छ । मानवनिर्मित पोखरी हेर्न चियाबारी र राम्रो आतिथ्यका लागि भने अन्तु जहिले गए पनि हुन्छ किनकी इलाम अन्तुमा दर्जनौ होमस्टेहरू पनि छन् । अन्तुतिर नलागी अगाडि बढे फिकल पुगिन्छ । फिक्कलबाट ११ किलोमिटर पूर्वमा पशुपतिनगर छ । नेपालभारत सिमानाको यो बजार इलामको प्रगतिको मूल ढोका पनि हो ।

इलाममा भारतको दार्जीलिङको ठूलो प्रभाव छ । यसको मुख्य कारण यहाँको भू–बनोट नै हो । फिक्कल इलामको महत्वपूर्ण बजार हो । दार्जिलिङको विकास भएपछि त्यहाँ व्यापार गर्न आएका मारवाडी व्यापारीहरूले करिब डेढ सय वर्ष अघि नै फिक्कल र गोर्खेबजारका सम्भावनाहरू बुझे र यता आएर व्यापार गर्न थालेको मान्छि । फिक्कलबजार माथिको डाँडाबाट वरिपरि हेरेर नै इलामका धेरै कुरा देखिन्छन् । यहाँबाट देखिने अधिकांश चियाबारी निजी हुन् ।

इलाममा साना ठूला गरी पचासौं चिया फ्याक्ट्री र करिब २० वटा चीज फ्याक्ट्री छन् । अहिले आधुनिक हिसाबले छुर्पी बनाएर कुकुरको आहारका रूपमा अमेरिका पठाउने उद्योगले पनि धेरैलाई रोजगारी दिएको छ (त्यो हामीले खाने छुर्पीभन्दा केही फरक हुन्छ) । फिक्कलबाट इलाम बजारतिर लाग्दा चार किलोमिटर पूर्वमा पञ्चकन्या देवीको मन्दिर छ । तीनघरे बजार हुँदै इलामबजारतिर लागिन्छ । भालुखोपभन्दा पर्तिरबाट सुरु हुन्छ १२ वटा चिम्टी घुम्तीको लहरो । अनि गोदक हुँदै माई खोला पुगिन्छ ।

यात्राका क्रममा बाटामा दायाँतिर फराकिलो ठाउँमा दुई वटा नदीको सगंम भेटिन्छ । त्यस ठाउँमा जहाँ माघ ेसंक्रान्तिमा प्रसिद्ध माईबेनी मेला लाग्छ । ती नदीहरू माई र जोगमाई हुन् । राजदुवालीमा माईको पुल तरेपछि बाटो इलाम बजारतिर उकालो लाग्छ । यो पुलको वारि र पारि दुईवटा जलविद्युत् केन्द्र सञ्चालित छन् । पारि इलाम बजारतिरको जलविद्युत् इलाम बजारभन्दा उत्तर पश्चिमको पुवामाईको पानी दुई÷तीन किलोमिटर लामो सुरुगंबाट यता फर्काएर निकालिएको हो । यहाँबाट ११ किलोमिटर माथि इलाम बजार छ । यहाँ नेपालको सबभन्दा पुरानो चियाबगान पनि छ ।

यात्रुले यहाँबाट माथि माईपोखरी हुँदै सन्दकपुरतिर जान सक्छन् । जमुना, जौबारीको पुरानो व्यापारिक बाटोका अवशेषहरू हेर्ने अबसर समेत पाइन्छ । हाब्रे (रेड पान्डा) हेर्न चोयाटारतिर लागे हुन्छ । राजमार्ग पछ्याउँदै रक्से, राँके हुँदै पाँचथर र ताप्लेजुङतिर लाग्न सकिन्छ । यात्राका क्रममा रोकिदै ओराली उकाली हुँदै, रोमाञ्चकतापूर्वक हिँडन सकिन्छ । बाटोमा देखिने सुन्दर दृश्य र चिया बगानको फोटासँग आफैँलाई समाहित गर्दे हुने यात्रा कम रमायलो हुँदैन ।

बोटामा भेटिने चिया बगान वा चिया फ्याक्ट्री अवलोकन प्रस्तिै गर्न सकिन्छ । भौगोलिक, सामाजिक र ऐतिहासिक रूपमा इलाम चिन्न र चिनाउन कोसिस गर्न सकिन्छ यात्रामा । ईलामलाई पूर्वको रानी मोती, हरियो सुनको जिल्ला, सूर्योदयको जिल्ला आदि उपनामले चिनिएको इलाम पछिल्लो समयमा ६ अ अर्थात ओलन, आलु, अलैंची, अम्रिसो, अकबरे खुर्सानी र अतिथि सत्कारमा पनि अग्रणी जिल्लाको रूपमा परिचित छ ।

पर्यटकीय जिल्ला इलामः सुर्योदयको अवलोकनका लागि कुनै बेला चर्चामा रहेको इलामको सुन्दरता चियाबारीले थपेको छ । अनि विम्ब बनाएर प्रशस्त लेखिएका छन् सुन्दर साहित्य । कर्णप्रिय संगीत सहितको गायन । मनोरम देखिने त्यो चियाबगान । एकनासका चियाका बोट । बगानभित्र देखिने नागबेली बाटो । यही चियाबारीले इलामलाई आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनाएको छ ।

यति मात्रै होइन दाजर्लिङ सिक्किम जाने पर्यटकले समेत नछुटाई भ्रमण गर्छन् इलामको । यहाँको सुन्दर दृश्यले मोहित नहुने कोही छैन । पछिल्लो समय नव बिवाहित जोडीको लागि हनिमुन मनाउन रोजाइको जिल्ला समेत बनेको छ । यहााको दृश्य हर्न थालेपछि जो कोही लठठ पर्छ । यहाँको सुन्दरतालाई शब्दमा वर्णन गर्न निकै कठिन छ ।

यहाँका प्रमुख गन्तव्यहरू
माईपोखरीः धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य हो माइपोखरी । माइपोखरीमा छिनछिनमा फेरिने पानीको रङ, अर्थातु, त्यसरी नै फेरिने मौसम । अनि त्यहाँको जैविक विविधता । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको त्रिवेणी । यी सबै माईपोखरीका आकर्षण हुन् । १.८ हेक्टरको जलाशयसहित ८० हेक्टरमा छ यो पोखरी । इलाम सदरमुकाम बाट १३ किमी उत्तरमा पर्ने माईपोखरीमा गलैँचे, झ्याउ, पानीगोहोरोलगायत वनस्पति र उभयचर चरा र जीवजन्तुको विविधता पाइन्छ ।

टोड्के झर्नाःइलामको अर्को आकर्षण हो टोड्के झर्ना । २ सय ८० फिट अग्लो यो झर्ना जिल्लाकै अग्लो हो । माइमझुवामा पर्ने यो झर्नामा देखिने इन्दे्रणी मनोरम हुन्छ । यसको रमाइलो दृश्य हेर्न आउनेको पनि कहिल्यै कमि हुँदैन । सधै यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन र घण्टाैँ बसेर आनन्द लिन्छन् ।

सिद्धिथुम्काः  सिद्धिथुम्का सुर्योदय तथा सुर्यास्तको मनोरम अवलोकनका लागि प्रसिद्ध छ । यो क्षेत्रका अजम्बरेडाँडा, खान्द्धङ, गुफा, पंखेलुङ झर्ना प्रसिद्ध छन् ।

श्रीअन्तुः श्रीअन्तु सुर्योदय अवलोकनका लागि आन्तरिक मात्र होइन, बाह्रय रूपमा पनि प्रसिद्ध छ । सांस्कृतिक रूपको पनि यो क्षेत्र धनी छ । अनि त्यहाँका लोपोन्मुख लेप्चा जार्जिको सांस्कृतिक वेशभूषाले थप आकर्षित गर्छ ।

कन्याम,फिक्कलः इलामको पहिचान चियाबारी हो । त्यसमाथि पनि कन्यामले चियाबारीमा एकलौटी राज गरेको छ । हुन त इलाम बजारको उत्तरमा ठूलो बगान छ । बजारकै छेउमा चिया रोपिएको पहिलो बगान पनि छ । तर पनि कन्याम प्रसिद्ध छ । लमतन्न परेको यो बगान साँच्चिकै आकर्षक छ । यो मेची राजमार्गको कन्यम खण्डमा पर्छ । मनोरम दृश्य विदेशमा पनि प्रख्यात अनि कृषि पर्यटनका लागि प्रसिद्ध छ । आन्तिरक पर्यटकका पिकनिकका लागि पनि जान्छन् ।

पाथीभराः मेची राजमार्गको कोल्बुङ खण्डसँगै हासपोखरी क्षेत्रमा छ पाथीभरा मन्दिर । ताप्लेजुङको पाथीभरा मन्दिरसँग तुलना गरेर यसलाई सानो पाथीभरा पनि भनिन्छ । यहाँको सुनास्वरी साँच्चिकै आकर्षक छ । ताप्लेजुङको पाथीभरा जान नसक्नेले यही दर्शन गरेरसमेत चित्त बुझाउने गरेका छन् ।

सन्दकपुरः सन्दकपुर भारतसँगै सीमा जोडिएको क्षेत्र हो । यहाँबाट नेपालका ८ हजार मिटरभन्दा अग्ला अधिकांश हिमाल देखिन्छ । अनि भारतको सीमावर्ती क्षेत्रमध्ये यहीबाट मात्र सगरमाथा देख्न सकिन्छ । यसैकारण सगरमाथाको दृश्य हेर्न पनि भारतीयहरू यहाँ आउने गर्छन् । उत्तरपूर्वी क्षेत्रमा सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघा, मकालु हिमालका सुन्दर दृश्य देखिन्छन् । अनि भारत र भुटानका हिमशृंखला पनि देखिन्छन् । साथमा सूर्योदय र जैविक विविधता । सन्दकपुर माईखोलाको उद्गम थलो पनि हो ।

प्रतिक्रिया