यसपटकको साग, नेपालका लागि फलिफाप

मानव सभ्यताको एउटा अभिन्न अंग हो, खेलकुद । खेलकुदले मानिसको जीवनलाई स्वभाविकरूपमा सहजतापूर्वक लिन मद्दत गर्छ । खेलमा कि जीत हुन्छ, होइन भने हार निश्चित छ । जीवनका यी दुवै पाटा हुन्, जीत र हार । कुनै पनि देशले ठूला–ठूला खेल महोत्सव आयोजना गर्नुको एउटै मात्र कारण आफू कत्तिको सभ्य र सु–संस्कृत छु भनेर देखाउनकै लागि हो 

१३औँ दक्षिण एसियाली खेलकुद (साग) को भव्यरूपमा मंसिर १५ गते आइतबार दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । नेपालमा सन् १९८४ मा पहिलो, सन् १९९९ मा आठौँ साफ सम्पन्न भएका छन् । सन् २०१९ को तेह्रौँ साग खेल आयोजना गरिँदै छ । पहिलो र आठौँ साफ हुँदा विष्णुगोपाल श्रेष्ठ समारोह समितिका अध्यक्ष थिए । अहिले तेह्रौँ सागमा समारोह समितिमा अध्यक्ष कुलबहादुर थापा रहेका छन् ।

शताब्दि फेरिएजस्तै दक्षिण एसियाली खेलकुद साफबाट परिवर्तन भई साग नामाकरण गरिएको छ । पहिलो साफको ३५ वर्षपछि र आठौँ साफको २० वर्षपछि साग आयोजनाको जिम्मा नेपालको काँधमा आएको हो । पहिलो र आठौँ साफका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै भने– ‘ओलम्पिक र एसियाली खेलकुद जुनसुकै होस्, उद्घाटनलाई विशेष महत्वसाथ योजनाबद्ध हिसाबमा प्रदर्शन गर्न खोजिएको हुन्छ ।

उद्घाटन भनेको देशको संस्कृति झल्काउने, अनुशासित हिसाबमा लय प्रदर्शन गर्ने हो । उद्घाटन भव्य र सभ्य बनाउने हो भने सागका बाँकी रहेका दिनमा भएका सानातिना कमीकमजोरीलाई ढाक्न सकिन्छ ।’ सन् १९८४ मा काठमाडौंमा आयोजित पहिलो साफ खेलकुदको मस्कट र लोगो बनाउने कलाकार अशोकमान सिंह थिए । १३औँ साग काठमाडौंका विभिन्न स्थान, पोखरा र जनकपुर गरी तीन सहरमा सम्पन्न हुँदैछ ।

दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो विशेषता यसको सोचको विकासमा नेपालको योगदान रहनु हो । आयोजना सम्भव हुन नसकिरहेको स्थितिमा नेपालले अगाडि सरेर त्यसको पहिलोपल्ट आयोजना गरेको थियो, ३५ वर्षअगाडि । औपचारिकरूपमा पहिलोपल्ट दक्षिण एसियाली देशबीच क्षेत्रीय खेलकुद हुनुपर्छ भन्ने कुरा सन् १९८१ मा भल्यो, जतिवेला जर्मनीमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को कंग्रेस भएको थियो । त्यतिबेला प्रारम्भिक छलफलमा भाग लिने देश थिए, नेपालसँगै श्रीलंका, भारत र पाकिस्तान ।

यो सोचलाई बढाउने तथा संयोजनकारी भूमिका निर्वाह गर्ने काम नेपालले गरेको थियो । सन् १९७८ मै वर्णानुक्रमअनुसार बंगलादेशले पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय भयो । तर, बंगलादेशले आयोजना गर्न सकेन । सन् १९८२ मा भारतको नयाँ दिल्लीमा नवौँ एसियाली खेलकुद हुँदा फेरि एकपल्ट दक्षिण एसियाली खेलकुदको आयोजनालाई लिएर गम्भीर छलफल भई नोभेम्वर २६ मा दक्षिण एसियाली खेलकुद महासंघको गठन भयो ।

जसको नेतृत्व स्व.शरदचन्द्र शाहले गरेका थिए । त्यसमा शुरुवाती सदस्य थिए, नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका । त्यसको एक वर्षपछि भूटान र माल्दिभ्स पनि सहभागी भए । सन् १९८४ मा प्रत्येक एक वर्षको अन्तरमा आयोजना हुने लक्ष्यका साथ सुरु भएको साफ दोस्रो संस्करणपछि नै दुई वर्षको अन्तरमा हुन थाल्यो । सन् १९९५ मा मद्रासमा सातौँ साफ प्रतियोगिता आयोजना भएपछि त यो प्रतियोगिता कति वर्षको अन्तरालमा आयोजना हुने हो ? त्यो नै थाहा नहुने अवस्थामा आएको छ । विगत ३५ वर्षको अन्तरालमा केवल १३औँ पटक मात्र प्रतियोगिता आयोजना हुन सकेको छ ।

मानव सभ्यताको एउटा अभिन्न अंग हो, खेलकुद । खेलकुदले मानिसको जीवनलाई स्वभाविकरूपमा सहजतापूर्वक लिन मद्दत गर्छ । खेलमा कि जीत हुन्छ, होइन भने हार निश्चित छ । जीवनका यी दुवै पाटा हुन्, जीत र हार । कुनै पनि देशले ठूला–ठूला खेल महोत्सव आयोजना गर्नुको एउटैमात्र कारण आफू कत्तिको सभ्य र सु–संस्कृत छु भनेर देखाउनकै लागि हो । १३ औँ साग प्रतियोगितामा भाग लिन हजारौँ संख्यामा खेलाडी, पदाधिकारी, दर्शक र पत्रकारले यसक्रममा नेपालको भ्रमण गरेका छन् र नेपालले आफूलाई यी पाहुनाअगाडि शान्त र सौम्यरूपमा प्रस्तुत गर्नेछ ।

खेल नै एकमात्र यस्तो माध्यम हो, जसले भारत र पाकिस्तानलाई मात्र होइन, दक्षिण एसियाका सातै देशलाई साझा उद्देश्यका लागि एकजुट हुन मद्दत गर्छ । १३औँ सागको उद्घाटन समारोहमा अत्याधुनिक प्रविधिको प्रयोगसँगै नेपालको परम्परागत सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिनुका साथै सशस्त्र प्रहरीका ४ हजार ५ सय, नेपाल प्रहरीका एक हजार, नेपाली सेनाका ६ सय र विभिन्न झाँकी समूहका चार हजार तथा विभिन्न विद्यालयका तीन हजार विद्यार्थीले उद्घाटन समारोहमा कार्यक्रम प्रस्तुत गरेका थिए । १३औँ साग प्रतियोगिता गौरव र प्रतिष्ठाको विषय भएकाले दक्षिण एसियाली क्ष्ोत्रको स्थिरता, भ्रातृत्व र खेल भावना हामीले बनाइराख्नु पर्दछ ।

नेपालले दक्षिण एसियाली खेलकुदको इतिहासमा ७१ स्वर्ण पदक जितिसकेको छ । यसमध्ये तेक्वान्दोका दीपक विष्ट एक्लैले ४ स्वर्ण पदक जितेका छन् भने एथलेटिक्सका बैकुण्ठ मानन्धरको नाममा तीन स्वर्ण पदक रहेको छ ।

सन् १९८४, पहिलो साफगेम ः बैकुण्ठ मानन्धर एथलेटिक्स, दलबहादुर राना मगर बक्सिङ, पुष्करध्वज शाही बक्सिङ, पुरुष फुटबल टिम । सन् १९८५ः बैकुण्ठ मानन्धर एथलेटिक्स । सन् १९८७ः बैकुण्ठ मानन्धर एथलेटिक्स, दलबहादुर रानामगर बक्सिङ । सन् १९८९ः चित्रबहादुर गुरुङ बक्सिङ । सन् १९९१ः गीता क्षेत्री, सिजरिन शाह, पूजा थापा र नीलम तुलाधार टेबुलटेनिस, अनिता श्रेष्ठ सुटिङ । सन् १९९३ः पुरुष फुटबल टिम । सन् १९९५ः टीका बोगटी एथलेटिक्स, रमेश बस्नेत जुडो, वीरबहादुर राना जुडो र जितबहादुर चौधरी जुडो ।

सन् १९९९ः प्रकाश थापा मगर र रामचन्द्र थापा मगर बक्सिङ, रवि महर्जन, दीपक श्रेष्ठ, ध्वजमान मोक्तान, सुरेन्द्रलाल श्रेष्ठ, राजेश श्रेष्ठ, कृष्ण गुरुङ, प्रीति डंगोल, टिम काता, गंगाराम महर्जन, नीता राई, निमा पाठक, जुनु राई, विनिता चौधरी, टिम काता (महिला) कराँते, रुना प्रधान,

नयना शाक्य, रुविना प्रधान, स्मृति सिंह पौडी, संगीता वैद्य, रेनुका राना मगर, सविता राजभण्डारी, प्रमिला थापा, बन्दना श्रेष्ठ, रितु जिमी राई, किशोर श्रेष्ठ, अकोककुमार लामा, कोसिस खड्का, दीपक विष्ट, रवि उज्जव थपलिया, कमल क्षेत्री, राजकुमार राई, सीता राई तेक्वादो ।
सन् २००४ः दीपक श्रेष्ठ कराँते, संगिना वैद्य, रूपा स्याङ्देन, दीपक विष्ट, निर्मला श्रेष्ठ, रेनुका रानामगर, निरञ्जन श्रेष्ठ तेक्वान्दो । सन् २००६ः कमलबहादुर अधिकारी भारोत्तोलन, विना लामा खड्का र राजकुमार रसाइली उसु, सुलोचना सिज्वाखा, कुशल श्रेष्ठ कराँते, मनिता शाही र दीपक विष्ट तेक्वान्दो । सन् २०१०ः दीपक विष्ट र आयशा शाक्य तेक्वान्दो, विनिता महर्जन र आङ्बाबु लामा उसु, सुनील लामा, विनोद शाक्य, गंगा अधिकारी कराँते, राजेन्द्र भण्डारी एथलेटिक्स । सन् २०१६ः पुरुष फुटबल टिम निमा घर्ती मगर उसु, फुपुल्हामु खत्री जुडो ।

प्रतिक्रिया