युनाईटेड इन्स्योरेन्स र एसआरएलबीच सम्झौता

काठमाडौं । युनाईटेड ईन्स्योरेन्स र एसआरएलडायग्नोस्टिक्स नेपाल प्रालिबीच सेवा सुविधामा छुट दिने सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा युनाईटेड ईन्स्योरेन्स कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रालिका आधिकारिक प्रतिनिधि रविन्द्र रत्नतुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो अवसरमादुबै संस्थाका तर्फबाट सम्झौता बमोजिम एसआरएल डायग्नोस्टिक्सबाट प्रदान गरिने सुविधाहरू ल्याब टेष्ट परिक्षण गर्दा युनाईटेड ईन्स्योरेन्स कम्पनीका ग्रहाकहरू तथा कर्मचारीहरू र निजका परिवारका सदस्यहरू समेतकालागि १५ प्रतिशत छुट दिने हुदाँ सहज र सरल प्रकृयाबाट सेवाउपभोग गर्न सकिने विचार गरे ।

उक्त समारोहमा एसआरएल डायग्नोस्टिक्स नेपाल प्रालिका असिष्टेन्ट रिलेशनसीप म्यानेजर रत्ना महत तथा युनाईटेड ईन्स्योरेन्स कम्पनी नेपालका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, वरिष्ठ प्रबन्धक विवेककुमार पाठक लगायत कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया