अजोड इन्स्योरेन्स र एनआईसी एसियाबीच सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरे ।

सहमतिसंगै एनआईसी एसियाबैंक लिमिटेडबाट अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरूले बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा एनआईसी एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया