हस्तकला ब्यापार मेला सम्पन्न

काठमाडौं । नेपाल हस्तकला महासंघले आयोजना गरेको १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विजयी तथा उत्कृष्ट प्यभिलियन, उत्कृष्ट स्टल र उत्कृष्ट वस्तु उत्पादकलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । मेलाको अवसरमा आयोजना गरिएको दुई बिधाका प्रतियोगिता अन्तर्गत विजयी कलाकारहरूलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पुरस्कृत गरेका हुन ।

परम्परागत विधा अन्तर्गत तामा तथा पित्तलका भाँडाकुडा बनाउनेमा प्रकाश ताम्राकारले प्रथम हुँदै ५० हजार नगद पुरस्कार प्राप्त गरे, विशाल ताम्राकारले द्धितीय हुँदै नगद ३० हजार प्राप्त गरे । त्यस्तै चन्द्रबहादुर ताम्राकारले तृतीय हुँदै नगद २० हजार प्राप्त गरे । त्यस्तै, समसामयिक विधाअन्तर्गत फरक क्षमता भएकाबीचको चित्रकला प्रतियोगिताका उत्कृष्ट कलाकारलाई पनि पुरस्कृत गरिएको छ ।

यस विधामा प्रथम भएका राघब पोख्रेललाई नगद ५० हजारसहित पुरस्कृत गरियो भने द्धितीय भएकी लक्ष्मीभक्त भासिमालाई ३० हजार नगदसहित पुरस्कृत गरियो । त्यस्तै रश्मी आमात्य तृतीय भएकी थिईन । उहाँलाई नगद २० हजार प्रदान गरिएको थियो ।

प्रतिक्रिया