बारीमै कुहिन्छ तरकारी

वारिपारि भीरपाखा र अग्ला पहाड छन् । त्यही बीचमा उर्वर भूमि त छ । तर, त्यस भूमिमा उत्पादन गरिएका कृषि उपज बजारमा लैजान सडक र सवारीसाधनको अभावमा किसान निराश हुनुपरेको छ । मिहनत गरेर उत्पादन गरेको उनीहरूको तरकारी ढुवानी हुननसक्दा बारीमै कुहिने गरेको छ ।

यो समस्या हो, बागलुङ जिल्लाको गलकोट नगरपालिका–९ बरेखानीका किसानको । यहाँका अधिकाशं गाउँ, बस्ती र टोलमा सडकको पहुँच पुग्दा पनि यस्तो समस्या भोग्न विवश छन् किसान । गाउँमा सबै तिर बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि निर्वाहमुखी खेती गरेर बस्न बाध्य भएको स्थानीय किसानहरू गुनासो गर्छन् ।

उत्पादन भएको कृषि उपज बजार लैजानका लागि यातायातको पहुँच नहुँदा थोरै मात्र उत्पादन गर्न बाध्य भएको बरेखानीका कृषक मित्रलाल गौतमले बताए । भौगोलिकरूपमा गलकोट नगरपालिकाको केन्द्र हटिया बजारबाट धेरै टाढा नभए पनि सानो बस्ती भएका कारण यहाँ हालसम्म सडकको पहुँच पुग्न सकेको छैन । उत्पादित कृषि उपज आफैँ बोकेर एक डेढघण्टाको पैदल यात्राबाट बजारमा पु¥याउने गरेको गौतमको भनाइ छ ।

‘बर्सेनि सडकमा लगानी गरेका छौँ’, उनले भने । ‘भू–बनोट नमिलेका कारण सडकको पहुँच सबैतिर सहज हिसाबले पु¥याउन कठिन भएको छ, हामी अझै प्रयासरत छौँ ।’ थापाका अनुसार गत वर्ष मात्रै सडक विस्तारका लागि नगरपालिकाले सात लाख रुपैयाँ बजेट विनियोजन गरे पनि चट्टान परेका कारण जम्मा ५४ मिटर सडक खनिएको थियो

सम्भावना भएर पनि यहाँका किसान धेरै तरकारी उत्पादन गर्देैनन् । उत्पादन गरेर मात्रै के गर्नु बजारसम्म लैजाने अवस्था नभए पछि ? यही चिन्ताले मलिलो बारी भएर पनि कम उत्पादन गर्न बाध्य छन् यहाँका किसान ।

गौतमका अनुसार बजार पु¥याउन नसक्दा उत्पादन भएको तरकारी बारीमै कुहिने गरेको छ । ‘थोरै जग्गामा उत्पादन धेरै मात्रमा हुनेभएकाले बजार पु¥याउन नसक्दा तरकारी बारीमा कुहिएर जाँदा हामी जस्ता युवा किसान साह्रै चिन्तित छौँ, उनले भने ।

बरेखानी गाउँमा पहिले २० घर थिए । राज्यको उपेक्षा, अभाव र असुविधाका कारण बसाइँसराइ बढ्दै त्यो घटेर अहिले आठ घरमा मात्र मानिस बस्दै आएका छन् । सबैले तरकारी उत्पादन गर्ने भएका कारण यस गाउँलाई तरकारी गाउँको रूपमा समेत चिनिने गरिएको छ । ‘गलकोटको अन्य भागमा भन्दा यहाँ धेरै मात्रमा तरकारी उत्पादन गर्न सकिन्छ’, अर्का कृषक चन्द्रमणी शर्माले भने, ‘बोकेर लान धेरै सकिन्न, धेरै उत्पादन गरेर कुवाउनुभन्दा थोरै उत्पादन गर्छौँ’ उनले समस्या सुनाए ।

उनको जस्तै समस्या यहाँका सबैजसो किसान परिवारले भोग्दै आएका छन् । उत्पादनको प्रवल सम्भावना भएर पनि साघुँरिएका छन् यहाँका किसान । जब खर्च गरेर लगानी गरेको उत्पादनको बजारसम्म पु¥याउने ग्यारेन्टी छैन भने कसरी आँट गरून् लगानीमा उनीहरू ?

त्यसो त यो ठाउँ दुर्गम जस्तो लागे पनि दुर्गम भने होइन । नगरपालिकाभित्र भएर पनि दुर्गमजस्तो लाग्छ यहाँको अवस्था हेर्दा । बाटोको मात्रै समस्या होइन, बरेखानीमा विद्यालयसमेत छैन । विसं २०४० मा स्थापना भएको प्राथमिक विद्यालय विद्यार्थीको अभावमा चार वर्ष अगाडिदेखि बन्द भएको छ ।

यातायात नचल्ने भएकाले पैदलयात्रामार्फत गाउँ पुग्नुपर्ने भएका कारण तरकारीको स्याहार गर्ने समयभन्दा बोकेर बजार लैजाने समस्याले पिरोल्ने गरेको कृषकको गुनासो छ । बरेखानीका आठ घरपरिवारलाई अहिले बारीमा काउली, बन्दा, अदुवा, गाँजर, मुला, गोलभेँडा उत्पादन भए पनि बजार नपाउँदा समस्या भएको छ । उनीहरूको चिन्ता उत्पादनमा भन्दा बजार कसरी पु¥याउने भन्नेमा छ ।

बरेखानीका मानिसले प्रत्येक घरमा व्यावसायिक मौरीपालनसमेत गर्दे आएका छन् । आफूले उत्पादन गरेको सामान सजिलै बजार पठाउन सडक भए यहाँका किसानले वार्षिक लाखौँ आम्दानी गर्न सक्ने सम्भावना भएको कृषक गौतमले बताए । ‘सडक छैन, डोकोमा बोकेर बजार लैजान कति नै सम्भव हुन्छ र ?, गौतमले भने । सडकको सुविधा भए बसाइँसराइ गर्न नपर्ने गरी बाँकी बाँझो जग्गामा पनि व्यावसायिकरूपमा खेतीबाली लगाउने सोच रहेको स्थानीय किसान बताउँछन् ।

नगरपालिकाले गाउँगाउँमा सडक पु¥याउनका लागि बर्सेनि बजेट विनियोजन गरे पनि भौगोलिक समस्याका कारण सडक विस्तारमा समस्या भएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताए । ‘बर्सेनि सडकमा लगानी गरेका छौँ’, उनले भने । ‘भू–बनोट नमिलेका कारण सडकको पहुँच सबैतिर सहज हिसाबले पु¥याउन कठिन भएको छ, हामी अझै प्रयासरत छौँ ।’ थापाका अनुसार गत वर्ष मात्रै सडक विस्तारका लागि नगरपालिकाले सात लाख रुपैयाँ बजेट विनियोजन गरे पनि चट्टान परेका कारण जम्मा ५४ मिटर सडक खनिएको थियो ।

प्रदेश तथा केन्द्रीय सरकारले ठूलै बजेट विनियोजन नगरेसम्म सडक पु¥याउन समस्या भएको गलकोट नगरपालिकाले जनाएको छ । भौगोलिक बनोटका कारण आफ्नो सिमित बजेटले यहाँको बाटो बनाउन समस्या भएको उसले जनाएको छ ।

प्रतिक्रिया