उर्जामन्त्री र मुख्यमन्त्रीद्वारा फुकोड हाइड्रो पावरको अनुगमन

कालिकाेट । राष्ट्रिय गौरवको आयोजना मध्ये कर्णाली प्रदेशकै गौरवको आयोजना मानिने फुकोट हाइड्रोपावरको अनुगमन तथा स्थलगत अध्ययनका लागि उर्जा मन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही जिल्लाको कालीकोटको शान्तिघाट पुगेका छन् ।

जिल्लाको शान्नि त्रिवेणि गाउँपालिका–३ लुईआँटा र रास्कोट नगरपालिका शान्तिघाटको विचमा पर्र्नेे ४ सय ८० मेगावाटको फुकोट हाइड्रोपावर जलविद्युत् आयोजनाको डिपिआर निर्माणका लागि स्थलगत अनुगमन गर्न उर्जा मन्त्री र मुख्य मन्त्रीको आगमन भएको हो । शान्नि त्रिवेणि गाँउपालिकाको सिस्नेगडामा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.५ किलोमिटर हेडरेस सुरुङ मार्फत पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइने भएको छ ।

कार्यालयका लागि स्थानियसँग जग्गाको सम्झौता भइ जग्गाको मुआब्जा वितरण समेत भइसकेको छ । यस्तै ऊर्जामन्त्री पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई तर्साउन कालिकोटमा बम विस्फोट गराइएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ का कार्यकर्ताहरुले दुई ठाउँमा बम विस्फोट गराएको प्रदेश प्रहरी कार्यालय सुर्खेतकाले जनाएको छ ।

सान्नी त्रिवेणी गाउँपालिका–३ को लुईयाँटा र पचालझरणा गाउँपालिका–१ सिकुको जंगलमा बम विस्फोट भएको थियो । यद्यपि बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन । कार्यक्रमस्थल भन्दा धेरै टाढा बम विस्फोट भएपछि कार्यक्रमा उपस्थित नागकिरहरु त्रसित भएका छुन् । पहिलो बम मन्त्रीहरु सवार हेलिकोप्टर ल्याण्डिङ हुनै लाग्दा र दोस्रो बम उर्जामन्त्री पुनले कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा बम विस्पोट भएको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया