दाङमा नेकपा बागलुङमा जनमोर्चा विजयी

काठमाडौं । शनिबार भएको प्रदेशसभा उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उम्मेदवार विमला ओली (खत्री) निर्वाचित भएकी छन् भने बागलुङ प्रदेशसभा २ (ख) मा  राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाही विजयी भएका छन् ।

दाङमा ओलीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मत अन्तरले हराएकी छीन् । ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत पाएकी छन् भने, कांग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन्

बागलुङमा नेकपाको समर्थनमा उम्मेदवार बनेका जनमोर्चाका शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीतबहादुर शेरचनले ९ हजार १३८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया