जलविद्युत् कम्पनीमा सेयर आकर्षण घट्दै

यतिवेला नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने चर्चा चलिरहको छ । तर, पछिल्लो समयमा जारी भएका गरेका हाइड्रोपावर कम्पनीहरूको सेयरमा लगानीकर्ताहरू त्यति उत्साहित भएको देखिँदैन । पछिल्लो समयमा जारी भएको हाइड्रोपावर कम्पनीहरूको प्राथमिक सेयरहरूमा प्रयाप्त आवेदन नपरेको सरोकारवालाहरू बताउँछन् । केही समय अघि जारीभएको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको प्राथमिक सेयरमा पनि पर्याप्त आवेदन परेन ।

केही समयअघि पछिल्लो समयमा शिवश्री हाइड्रोपावर कम्पनीले सर्वसाधारणहरूको लागि ३३ लाख कित्ताभन्दा बढी प्राथमिक सेयर जारी गरेको थियो । तर, निर्धारित समयमा सबै सेयरहरू बिक्री भएन । पछिल्लो समयमा हाइडो पावर कम्पनीहरूको सेयरमा लगानीकर्ताहरूको आकर्षण नरहेको जस्तो देखिन्छ । नेपाल सरकारले नेपालको पानी जनताको लगानी भन्ने नाराका साथज नताको जलविद्युत् कार्यक्रम योजना अघि सारिरहँदा कतिपय लगानीकर्ताहरूको भने जलविद्युत् कम्पनीको सेयरमा आकर्षण त्यति नरहेको जस्तो देखिन्छ ।

त्यसो त प्रधानमन्त्री केपी ओलिको चाहना भनेको पनि सबै नेपालिहरूलाइ जलविद्युत् कम्पनीहरूको सेयर धनि बनाउने रहेको देखिन्छ । सरकारको यो योजनालाइ राम्रो मान्नुपर्छ । तर,, पनि पछिल्लो समयमा जलविद्युत् आयोजना क्षेत्र प्रभावित स्थानीयहरूको नै जलविद्युत् कम्पनीहरूको सेयरमा आकर्षण नरहेको हो कि भन्ने पनि देखिन्छ ।

स्थानीयहरूको लागि जारी गरेको जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर नै सबै बिक्री नभएको देखिन्छ । स्थानीय मात्रै होइन कतिपय लगानीकर्ताहरूको आकर्षणम जलविद्युत् कम्पनीहरूको सेयरमा नरहेको जस्तो पनि देखिएको छ । यसो त नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको छ । जलविद्युत्बाट नै देशलाई समृद्धि बनाउन सकिने कतिपय विज्ञहरूको भनाइ छ । तर,् पछिल्लो समयमा भने जलविद्युत् कम्पनीहरूको सेयरप्रति लगानीकर्ताहरूको आकर्षण कम भएको जस्तो देखिन्छ

यतिवेला नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने चर्चा चलिरहको छ । तर, पछिल्लो समयमा जारी भएका गरेका हाइड्रोपावर कम्पनीहरूको सेयरमा लगानीकर्ताहरू त्यति उत्साहित भएको देखिदैन । पछिल्लो समयमा जारी भएको हाइड्रोपावर कम्पनीहरूको प्राथमिक सेयरहरूमा प्रयाप्त आवेदन नपरेको सरोकारवालाहरू बताउँछन् ।

केही समयअघि जारीभएको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको प्राथमिक सेयरमा पनि पर्याप्त आवेदन परेन । जारी भएका मध्ये एकतिहाई सेयर बिक्री नभएको देखिन्छ । हिमाल दोलखाको बिक्री नभएको सबै सेयरहरू प्रत्याभूति लिएका चार क्यापिटल कम्पनीहरूले लिनु परेको थियो । पछिल्लो समयमा प्राथमिक बजारमा मात्र नभइ दोश्रो बजारमा पनि हाइड्रोपावर कम्पनीहरूको सेयरप्रति लगानीकर्ताहरूको आकर्षण घटेकोजस्तो देखिएको छ ।

सेयर बजारको दोश्रो बजारमा हाइड्रोपावर कम्पनीहरूको सेयरको भाउ आधार मूल्यभन्दा कम घटेको देखिन्छ । धेरैजसो हाइड्रोपावर कम्पनीहरूको सेयरको भाउ एक सयभन्दा कम रहेको छ । त्यसो त सेयर बजारको दोश्रो बजारमा हाइड्रोपावर कम्पनीहरूको मात्र नभई नेप्सेमा सूचिकृत सबैजसो कम्पनीहरूको सेयरको भाउ घटेको देखिन्छ । हाइड्रोपावर कम्पनीहरूको सेयर दोश्रो बजारमा नै रू १ सय भन्दा कममा पाउने गरेको कारणले पनि प्राथमिक बजारमा लगानीकर्ताहरूको आकर्षण कम भएको हुन सक्ने बताउँछन् सरोकारवालाहरू ।

दोश्रो बजारमा खरिद गरेको सेयरहरू ४ दिनपछि बिक्री गर्न सकिने र प्राथमिक बजारमा खरिद गरेको सेयरहरू बिक्री गर्न महिनाैँ लाग्ने हुन सक्छ । यसले पनि हाइड्रोपावर कम्पनीहरूको प्राथमिक सेयरमा लगानीकर्ताहरूको आकर्षण घटेको हुन सक्छ । त्यसो त हाइड्रोपावर कम्पनीका सेयरधनिहरूले ढिलोगरि प्रतिफल पाउने र प्रतिफल पनि अरू कम्पनीहरूको भन्दा कम मात्र हुने गरेको कारणले पनि हाइड्रो कम्पनीहरूको पा्रथमिक सेयरहरूमा लगानीकर्ताहरूको आकर्षण घटेको हो कि भन्ने सेयर विश्लेषकहरूको भनाइ छ ।

प्राथमिक सेयरमा लगानी गर्दा दोश्रो बजारमा जस्तो जोखिम नहुने भनेर भन्ने गरेता पनि पछिल्लो समयमा हाइड्रोपावर कम्पनीहरूको प्राथमिक सेयरहरूमा लगानी गर्दा पनि जोखिम रहेको देखिन्छ । हाइड्रोपावर कम्पनीहरूको धेरै जसो हाइड्रोपावर कम्पनीहरूको सेयरको भाउ रू १ सय भन्दामुनि नै रहेका देखिन्छ । सेयर बजार सधै घट्ने र सधँै बढ्ने मात्र भइरहँदैन सेयर बजार भनेको घट बढ भइरहन्छ । घटे पछि बढ्छ पनि, बढे पछि घट्छ पनि । यो सेयर बजारको विशेषता नै हो भन्दा पनि फरक नपर्ला । सेयर बजारका लगानीकर्ताहरू होल्डमा पनि बस्न पर्ने हुन्छ । सेयरबजार घट्यो भन्दैमा घाटामा सेयर बिक्रि गरेर सेयरबजारबाट बाहिरनु पनि बुद्धिमानी पक्कै होइन । सेयरको मूल्य घट्यो भनेर आत्तिएर सेयर घटेको भाउमा बेच्दा सेयर बजार घट्नेमा नै सहयोग हुने देखिन्छ ।

यतिवेला विभिन्न हाइड्रोपावर कम्पनीहरूका प्राथमिक सेयरहरू धमाधम निष्कासन हुने गरेका छन् भने थुप्रै कम्पनीहरूको प्राथमिक सेयरहरू जारी भएका पनि छन्् । कतिपय हाइडो पावर कम्पनीहरू सेयर निष्कासनको लागि पाइप लाइनमा रहेका छन्् । विभिन्न हाइड्रोपावर कम्पनीहरूले प्राथमिक सेयरहरू जारी गरिरहेको कारणले पनि लगानीकर्ताहरूको त्यति आकर्षण नरहेको हो कि भन्दा फरक नपर्ला । त्यसो त कतिपय हाइड्रोपावर कम्पनीहरूका प्राथमिक सेयरहरू आयोजना प्रभावित स्थानीयहरूको लागि जारी गरेको प्राथमिक सेयरहरूमा कममात्र आवेदन परेको बताउँछन् सरोकारवालाहरू । पछिल्लो समयमा हाइड्रोपावर कम्पनीहरूको प्राथमिक सेयरहरूमा विगतमा जस्तो लगानीकर्ताहरूको आकर्षण नभएको नै हो ? यो प्रश्नको कारण सहित उत्तर खोज्नु जरुरी छ ।

विगतमा कुनै पनि हाइड्रोपावर कम्पनीहरूको प्राथमिक सेयर जारी हुदागर्दा लगानीकर्ताहरू झुम्मिने गर्थे, माग गरे भन्दा कयौ गुणा आवेदन पर्ने गरेका थिए । तर, पछिल्लो समयमा भने जारी गरेका–भएका सबै सेयरहरू बिक्री नभएको देखिन्छ । त्यसोत लगानीकर्ताहरूले लगानी गर्ने भनेको प्रतिफलका लागि हो तर, कतिपय पुराना भनिएका हाइड्रोपावर कम्पनीहरूले नै लगानीकर्ताहरूलाई राम्रो प्रतिफलहरू दिन सकिरहेका छैन । पछिल्लो समयमा प्राथमिक सेयर जारी गरेका हाइड्रोपावर कम्पनीहरूले लगानीकर्ताहरूलाई प्रतिफलदिन सक्ने अबस्था पनि नरहेको जस्तो देखिन्छ ।

एकातिर, सेयर बजारको दोश्रो बजारमा हाइड्रोपावर कम्पनीहरूको सेयरको भाउ घट्न र अर्कोतिर, हाइड्रोपावर कम्पनीहरूले धमाधम प्राथमिक सेयरहरू भारि मात्रामा जारी गरिरहको छन् भने अर्कोतर्फ हाइड्रोपावर कम्पनीहरूले आफ्ना लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिन सकिरहेका छैनन् । अर्कोतिर, दोश्रो बजारमा पनि हाइड्रोपावर कम्पनीहरूको सेयरको भाउ घट्ने गरेको कारणले पनि हाइ«डो पावर कम्पनीहरूको प्राथमिक सेयरहरूमा लगानीकर्ताहरूको आकषर्ण घटिरहेको हो कि ? कतिपयको भनाइमा हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्दा लगानीकर्ताहरूले तत्कालको लागि प्रतिफल पाउन नसके पनि दीर्घकालका लागि राम्रो हुन्छ ।

हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्ने भनेको तत्काल प्रतिफल पाउनको लागि मात्र नभएर देशको अर्थतन्त्रलाई नै सकारात्मक दिशातिर, लानको लागि पनि हो भनेर कतिपयले भन्ने गरेका छ । कतिपय सरोकारवालाहरू नेपाल जलश्रोतमा धनि देश हो । देशमा रहेको जलश्रोतलाई उपयोग गरी बढीभन्दा बढी विद्युत् उत्पादन गरेर देशले आर्थिक लाभ लिन सक्छ । यसले देशको अर्थतन्त्रलाई नै मजुबत बनाउन सहयोग गर्ने देखिन्छ ।

प्रतिक्रिया