आइएमईको नयाँ अफरमा खाङ्ग बने विजेता

काठमाडौं । आइएमईले पर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे विरेन्द्र खाङ्ग बन्न सफल भएको छ । राजधानी काठमाडौंमा आयोजित विशेष समारोहकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ्ग विजेता छनेट भएको हो । विजेताले मलेसियाबाट ५९ हजार ७ सय ३२ रूपैयाँ पठाएको थियो । खाङ्गले आफुले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठगुणा ४ लाख ७७ हजार ८ सय ५६ रूपैयाँ रकम प्राप्त गरेको छ ।

आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राज गिरिले संयुक्त रूपमा स्टार्ट बटम क्लिक गरि विजेता छनेट गरेको थियो । लक्की ड्र मार्फत बम्पर विजेता घोषणा गरिएको उक्त कार्यक्रममा मन्तब्य दिँदै आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसद ढकालले रेमिटेन्सको आप्रवाह घट्ना साथ धेरै आर्थिक क्रियाकलाप खुम्चिने भन्दै विदेशबाट आउने रेमिटेन्सलाई औपचारिक संचालबाट भित्र्याउन र नेपाल आइसकेको रेमिटेन्सलार्ई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सकेका देशभित्रै रोजगारीका सम्भावना उजागर हुने औंल्याए ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो समयमा रेमिटेन्स आप्रवाह घट्दै गएकोमा चिन्ता व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढेकोे बताए । सतहत्तर दिनको योजना अवधिमा दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राही लाभान्वित भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया