उपनिर्वाचनमा निर्धक्क भएर भाग लिनुहाेस्ः निर्वाचन आयोग

काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आयोगले निर्धक्क भएर भाग लिन आग्रह गरेको छ । आयोगले शुक्रबार भिडियो अपिल गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरुले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटो सहितको कुनैपनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागि हुने वातावरण बनेको जानकारी दिए ।

उनले उपनिर्वाचनको प्रयवेक्षणका लागि राष्ट्रिय पर्यवेक्षण संस्थाहरुले अनुमति पाइसकेको र नेपाल स्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुलाई समेत अनुमति प्रदान गरिएको जनाए ।

प्रतिक्रिया